पुरुषतर्फ कोवाङ र महिलातर्फ टुकुचे थाक च्याम्पियन

पुरुषतर्फ कोवाङ र महिलातर्फ टुकुचे थाक च्याम्पियन

जोमसोम : मुस्ताङकै जेठो खेलकुद प्रतियोगिता थाक च्याम्पियनसीपको पुरुष भलिबलतर्फ धौलागिरी युवा क्लव कोवाङ र महिला भलिबलतर्फ निलगिरी युवा क्लव टुकुचे च्याम्पियन बनेका छन्।

शनिबार सम्पन्न फाइनल खेलमा कोवाङ र टुकुचे पुरुष तथा महिला भलिबल च्याम्पियन बनेका हुन्।

धौलागिरी युवा क्लव कोवाङले (३-०)को सोझो सेटमा अन्नपूर्ण युवा क्लव ताक्लुङलाई पराजित गर्दै ५०औं संस्करणको च्याम्पियन बनेको हो। 

महिलातर्फ अन्नपूर्ण युवा क्लव ताक्लुङलाई हराउँदै निलगिरी युवा क्लव टुकुचेले उपाधि सुरक्षित गरेको हो।

बुधबारदेखि भलिबल प्रतियोगिताको सेमिफाइनलमा मिलिजुली युवा क्लव मार्फालाई हराउँदै धौलागिरी युवा क्लव कोवाङ फाइनलमा पुगेको थियो। 

महिलातर्फ निर्मल स्पोर्टिङ क्लव लेतेलाई हराउँदै निलगिरी युवा क्लव टुकुचेले फाइनल यात्रामा स्थान बनाएको थियो।

च्याम्पियनसीपको पुरुष तथा महिला भलिबल विजेता धौलागिरी युवा क्लव कोवाङ र निलगिरी युवा क्लव टुकुचेले नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्।

उनीहरूले थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष चन्द्रमोहन गौचन, थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन र घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचनले शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

निर्मल स्पोर्टिङ क्लव (लेते) आर्चरी च्याम्पियन 

च्याम्पियनसीपअन्तर्गत भएको आर्चरी (तारो) हान्ने खेल प्रतियोगितामा निर्मल स्पोटिङ क्लव (लेते) च्याम्पियन बनेको छ। शुक्रबार भएको आर्चरी प्रतियोगितामा ७ डोरमा ६१ अंक बटुल्दै निर्मल स्पोर्टिङ थाक च्याम्पियनसीपको आर्चरी उपाधि जितेको हो। 

निलगिरी क्लव (टुकुचे)ले ७ डोरमा ५८ अंक जोड्दै उपविजेता बन्यो। आर्चरीमा निर्मल स्पोर्टिङका साजन शेरचन उत्कृष्ट खेलाडी घोषित भए।

च्याम्पियनसीप तथा रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत भएको विभिन्न कार्यक्रममा सहभागी भएका उत्कृष्ट प्रतियोगिहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ। मिस मुस्ताङ, गायन, थकाली गीत तथा नृत्य, खुल्ला गित प्रतियोगिता भएको थियो।

कृषि मेला प्रर्दशनीमा कृषक सम्मानित

च्याम्पियनसीपअन्तर्गत आयोजना गरिएको कृषि मेला प्रर्दशनीमा जिल्लाका विभिन्न किसानलाई पुरस्कारसहित सम्मान गरिएको छ। 

थासाङ गाउँपालिकाको कृषि शाखाबाट आयोजना गरिएको कृषि मेला प्रर्दशनीमा खाद्यबाली, फलफूल तथा तरकारी लगायतमा प्रतियोगिता गरिएको थियो।

२०२७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा कोरोनाका कारण दुई वर्ष सञ्चालन हुन सकेको थिएन। बर्सेनि अन्तर क्लव स्तरीय रूपमा आलोपालो सहआयोजना हुने थाक च्याम्पियनसीप यसपटक अन्नपूर्ण युवा क्लव ताक्लुङले योजना गरेको थियो।

मुस्ताङ जिल्लामा खेलकुद क्षेत्रको विकास तथा खेलकुदको संरक्षण गर्दै नयाँ पुस्तासम्म खेलकुद महत्व राख्न र खेलकुद क्षेत्रबाट व्यक्तित्व विकास गर्न थाक च्याम्पियनसीपले योगदान दिँदै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.