मृत फेला परेका व्यक्तिको पहिचान

मृत फेला परेका व्यक्तिको पहिचान

बझाङ : बझाङमा बिहीबार मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ। 

बिहीबार दिउँसो जयपृथ्वी नगरपालिका-७ स्थित पानीकाफल सामुदायिक वनमा मृत फेला ती व्यक्ति काभ्रेपलाञ्चोकका सानु कान्छा तामाङका भएको खुलेको हो। 

दुई दिनसम्म पहिचान नखुलेका ती वयस्क पुरुषको निरन्तरको वर्षातका कारण शव सडेका कारण पहिचान गर्न असहज भएको थियो। 

बझाङका विभिन्न होटेलमा काम गरिरहेका आफन्तसँग फोन सम्पर्कका आधारमा भदौ २६ गते काभ्रेपलाञ्चोकबाट आएका थिए। 

भदौ २७ गते चैनपुर पुगेका उनी राति आफन्त कुमार तामाङसँग बसेका थिए। उनी चैनपुर पुगेकै दिन उनकी श्रीमतीको मृत्यु भएपछि मानसिक सन्तुलन गुमाएका उनले मदिरा सेवन गरेर २७ गते मध्यराति चैनपुरबाट बेपत्ता भएका थिए। 

विभिन्न ठाउँमा खोजखबर गरे पनि उनी हराएको खबर प्रहरीलाई नगएका कारण उनलाई असोज ६ गते बिहीबार मात्रै पानीकाफल वनमा दाउराघाँस गर्न गएका स्थानीयले देखेर खबर गरेका थिए। 

उनले मदिराको तालमा घर जाने बाटो बिराएर पानीकाफल वनमा जाँदा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। 
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.