मिनि म्याराथनको उपाधी सुजन र पुष्पालाई

मिनि म्याराथनको उपाधी सुजन र पुष्पालाई

स्याङ्जा : वालिङमा शनिबार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री र महिलातर्फ पुष्पा गुरुङ प्रथम भएका छन्। 

यसैगरी पुरुषतर्फ दाङका मनोज रोका मगर, स्याङ्जाका गीरप्रसाद गुरुङ र गिरमान श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो र चौथो भए।

उनीहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार, चार हजार नगद सहित शिल्ड र मेडल पाएका छन्।

महिलातर्फ दिपकला सार्की, इन्द्रमाया खत्री दोश्रो र तेस्रो भए। उनीहरूले क्रमशः १० हजार, पाँच हजार र तीन हजार नगदसहित शिल्ड र मेडल पाएका हुन।

प्रतियोगितामा पुरुषतर्फ पाँचौ स्थानमा कर्णबहादुर खड्का, छैटौँमा फनबहादुर रोका र सातौँमा सुशील कुमाललाई जनही तीन हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

आठौंमा सागर थापा, नवौँमा सञ्जयकुमार गुप्ता र दशौंमा विजय श्रेष्ठलाई नगद दुई हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो।

लियो क्लव अफ वालिङ सिटीको आयोजनामा भएको 'दोस्रो लियो कप २०२२ मिनी म्याराथन' प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाका लागि ९ दशमलव ८ किलो मिटरको दौड प्रतियोगिता गरिएको क्लवका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिए।

भीरकोट नगरपालिकाको कार्यालय प्रमुख प्रवेशद्वारबाट सुरु भएको प्रतियोगिता वालिङ नगरपालिकाकै प्रमुखद्वारमा पुगेर टुंगिएको थियो।

मिनी म्याराथनमा देशभरका एक सय २० जना प्रतियोगी सहभागी थिए। 

संघीय सांसद तथा कांग्रेस नेता मोहनप्रसाद पाण्डेले विजेतालाई पुरस्कार वितरण गर्दै लियो क्लबको भूमिकाको प्रशंसा गरे। 

कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, कांग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डे, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषाल, लियो जिल्ला परिषद ३२५ बिएमका अध्यक्ष शिसिल भण्डारी लगायतले शुभकामना व्यक्त गरे। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.