नवौं राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट ६३ खेलाडी छानिए

नवौं राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट ६३ खेलाडी छानिए

भक्तपुर : गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितका लागि भक्तपुरबाट ६३ जना खेलाडी छनौट भएका छन् । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताको लागि भक्तपुरबाट विभिन्न १५ विधा खेलमा ६३ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।

टेबल टेनिसतर्फ दिया देउला, अन्जु सुवाल, करिना सुवाल, अनामिका कस्ती, फुलकन्ट्याक्ट कराँतेतर्फ शिरीष भुजु, रोहिणी कस्ति, भारात्तोलनतर्फ ६२ केजि तौल समूह प्रदेन बाडे श्रेष्ठ, जिमन्याष्टिकतर्फ (महिलातर्फ) रिजु रन्जित , प्रकृति थापा मगर, रेगिसा धेमोसु, जेनिशा थापा, सौभाग्य कोजु र त्यसैगरि पुरुषतर्फ सुमन नापित, सुमन तामाङ, अनिष सुवाल छनौट भएका छन् ।

यस्तै बुद्धिचालको पुरुषतर्फ निकेन कुसाथ र महिलातर्फ सबिना श्रेष्ठ छानिएका छन् । शारीरिक सुगठन खेलतर्फ सोहिल बैद्य, रोजिना ख्यामली, दिनेस गोसाइँ रहेका छन् । आइटीएफ तेक्वान्डोतर्फ मुना राई, रिदम आले, अजय तामाङ, गिरीस राना, समिर श्रेष्ठ, अनिशा कार्की रहेका छन् ।

कवड्डी महिलातर्फ पूजा दुवाल, अञ्जु गोसाई, रेशमि दुवाल, मनिषा ग्वाछा, उरुषा शाक्य छन् । त्यसैगरी पुरुषतर्फ सविन बहजु, सरमन प्रजापती,  मनिष भैल, विनय गोसाई रहेका छन् ।

लन टेनीस खेलतर्फ रोजन दुवाल, बक्सिङ्ग खेलतर्फ महिला ५० किलो तौल समूहतर्फ अस्मिता दुवाल, खो खो (पुरुष तर्फ) राज कुस्मा, प्रितीस सिन्तकल त्यसैगरी महिलातर्फ मोहनकुमारी श्रेष्ठ, शुशीला कवां, निशा शायजु,. कृजला जरेजु, प्रंशन्ना सिजकु, प्रिन्सिका गोसाई, अनुष्का माक, महिला क्रिकेट खेलतर्फ पूर्णिमा बराल, सिनोरा कटवाल, संस्कृति प्रसाई, सेल्सा माकजु, लक्ष्मी पाण्डे, प्रज्ञा तिम्सिना, सन्भी चौधरी, अनुषा रोक्का, सिजृना श्रेष्ठ, सृष्टि श्रेष्ठ, करिमा थापा क्रिकेट (पुरुष तर्फ) निश्चल थापा, सौरभ कार्की, बास्केट बल खेलतर्फ पुरुष तर्फ शतिष श्रेष्ठ, महिला तर्फ कृषा दङ्गीखा छानिएका छन् । 

यस्तै, हक्की पुरुषतर्फ नितिश न्यौपाने, महिलातर्फ सायारा राजवहाक नवौं राष्ट्रिय खेलकुदका लागि भक्तपुरबाट छनौट भएको जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी गराए । अध्यक्ष थापाले यो पटक अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडीहरु छनोट भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.