बाबुरामको ‘अभ्यास’

बाबुरामको ‘अभ्यास’

काठमाडौं : नयाँ पुस्तक ‘अभ्यास’ आफ्नो पृथक पहिचान र फरक स्वादसहित बजारमा आएको छ। बाबुराम भुसालद्वारा लिखित पुस्तकमा मानव जीवन र जगतका विभिन्न पक्षहरूको चर्चा गरिएको छ। पुस्तकमा मानव समाजको विगतदेखि वर्तमानसम्मको अवस्थाको चित्रणसँगै मानव अन्तर सम्बन्धका विविध स्वरुपहरूको चर्चा गरिएको छ। बहुविधालाई समेटेको यस पुस्तकलाई विज्ञान, दर्शन, अध्यात्म, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक अर्थशास्त्रजस्ता फरक फरक आयामबाट हेर्न सकिने छ। 

मानव प्राणीले अपेक्षा गरेजस्तो परिवर्तन कसरी सम्भव होला भन्ने विषयमा खोजी गर्ने क्रममा लेखकले अपेक्षित परिवर्तनका लागि मानव पदार्थले आफ्नो पदार्थीय पहिचान र पदार्थीय कार्यविशेषता अनुसार कार्य गर्न उक्त पदार्थले आफ्नो जैविक यन्त्रमा अपेक्षित सक्रिय क्षमताको उत्पादन गर्ने खास अभ्यासका उपायहरू अवलम्बन गर्नुपर्ने चर्चा गरेका छन्। साथै त्यस्ता अभ्यासका उपायहरू बारे पनि उल्लेख गरेका छन्। 

अन्य सबै पदार्थहरूजस्तै मानव पनि एक पदार्थ रहेको तथ्यमा टेकेर अन्य सबै पदार्थको प्राकृतिक संरचना र कार्यविशेषता भएजस्तै मानव पदार्थको पनि प्राकृतिक कार्यविशेषता अवश्य हुने दाबी उनले गरेका छन्। मानव प्राणीको प्राकृतिक पदार्थीय पहिचान र कार्यविशेषता के हो ? मानव प्राणीको प्राकृतिक पदार्थीय पहिचान र कार्यविशेषतालाई प्रभावित पार्ने तत्वहरू के हुन् ? 

प्रकृतिमा रहेका सबै पदार्थले आफ्नो प्राकृतिक कार्यविशेषता अनुसार नै कार्य गरेको देखिन्छ भने के मानव पदार्थले आफ्नो प्राकृतिक कार्यविशेषता अनुसार नै कार्य गर्दै आएका छन् त ? के मानव पदार्थले जे कार्यहरू गर्दै आएको छ, ती कार्यहरू मानव पदार्थीय कार्यविशेषता अनुसार भएका कार्यहरू नै हुन् त ? मानव पदार्थले आफ्नो कार्यविशेषता अनुसार कार्य गर्न सम्भव छ वा छैन ? छ भने कसरी सम्भव छ ? मानव प्राणीको प्राकृतिक कार्यविशेषता र उसले गर्ने कार्यसँग ऊ स्वयंले अपेक्षा गरेको परिवर्तनको साइनो के छ ? यस्ता कौतुहलताहरू सिर्जना गर्दै ती कौतहलताहरूको तथ्यपरक जवाफ पुस्तकमा स्पष्ट पारिएको छ। 

हरेक दिन मानव समाजमा कुनै न कुनै अनपेक्षित घटनाहरू भइरहेको सुनिएको हुन्छ, देखिएको हुन्छ तथा भोगिएको हुन्छ। अभाव, अशिक्षा, अस्वस्थता, बहुआयामिक विभेद तथा बेरोजगारी, परनिर्भरता, सुशासनको अभाव तथा भ्रष्टाचार, अपराधजन्य कार्य, प्रकृतिमाथि चुनौती, जनसंख्या वृद्धि तथा असन्तुलन, विकारयुक्त मनोविज्ञान, युद्ध तथा नरसंहार, विकृति तथा बेथितिजस्ता दुरावस्थाहरू मानव जगतमा नै विद्यमान छन्। यस्ता अनपेक्षित घटना तथा दुरावस्थाहरू किन देखापर्छन् ? यस्ता घटना तथा दुरावस्थाबाट के कस्तो परिणामहरू निम्तिएको छ ? यस्ता अनपेक्षित घटना तथा दुरावस्थाहरू आउन नदिने उपाय के हो भन्ने विषयमा लेखक भुसालले यस पुस्तकमा उल्लेख गरेका छन्। 

द्वन्द्वात्मक भौतिकवाद र अध्यात्मवादलाई फरक फरक धु्रवमा राखेर विश्लेषण गर्ने गरिएकोमा विज्ञानभित्र अध्यात्म खोज्ने र अध्यात्मभित्र विज्ञान खोज्ने प्रयत्न गरेका छन्। यही सन्दर्भमा भगवानको अस्तित्वलाई वैज्ञानिक रुपमा पुष्टि गर्ने कोसिस उनले गरेका छन्। सामन्तवादी, पुँजीवादी, समाजवादी वा साम्यवादी स्वरुपको कार्य गर्दा मानव प्राणीले अपेक्षा गरेजस्तो परिवर्तन हासिल हुन नसक्ने ठोकुवा उनको छ।

द्वन्द्वात्मक भौतिकवादी चश्माबाट जीवन र जगतको यथार्थ तस्बिर देख्न नसकिने दाबी गर्दै उक्त दाबीलाई पुष्टि गर्नसमेत उनले खोजेका छन्। त्यस्को  विकल्प पनि यस अभ्यास पुस्तकमा प्रस्तुत गरेका छन्। एक आपसमा अन्तर्विरोधी, प्रतिस्पर्धी, परनिर्भर र व्यक्तिगत तथा वर्गीय स्वार्थमा आधारित अन्तरसम्बन्ध कायम राख्ने कुनै पनि प्राणी सामाजिक प्राणी हुन नसक्ने दाबी गर्दै मानव प्राणीले आफू सामाजिक प्राणी हुनुको पहिचान जीवन्त कायम राख्न अन्तर्विरोधी, प्रतिस्पर्धी, परनिर्भर र व्यक्तिगत तथा वर्गीय स्वार्थमा आधारित कार्य गर्न नसक्ने उल्लेख गरेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.