सहकारीको ८० लाख लुट्ने दुई जना पक्राउ

सहकारीको ८० लाख लुट्ने दुई जना पक्राउ

जनकपुरधाम : जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन्। धनुषाको जनकपुरधाम उप-महानगरपालिका-१९ बेङाशिवपुरको पोखरी डिलबाट सहकारि कर्मचारीको साथ ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ गरेका हुन्। 

रकम लुट्नेमा संलग्न रहेको आरोपमा धनुषाको मिथिला नगरपालिका पुष्पवलपुरका जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट हालः १४ लाख ५३ हजारमात्र बरामद भएको हो।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ थुमौना कटेपछि पेस्तोल देखाएर ८० लाख लुटेका थिए। पैसासहित महतो सहकारीको मुख्य कार्यालय धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरतर्फ जाँदै थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.