रात्रिबसमा हतियारसहित गस्ती गर्ने मकवानपुर प्रहरीको तयारी

रात्रिबसमा हतियारसहित गस्ती गर्ने मकवानपुर प्रहरीको तयारी

हेटौंडा : मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत रातिको समयमा यात्रुबाहक बस तथा सार्वजनिक सवारीमा हतियारसहित गस्ती गर्ने भएको छ। 

चाडपर्वको समयमा सार्वजनिक सवारीमा लुटपाट हुनसक्ने आँकलन गर्दै प्रहरीले नागरिकलाई सुरक्षित र आरामदायी यात्राको अनुभूति गराउन सार्वजनिक सवारीमा हतियारसहित गस्ती गर्ने भएको हो। 

पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा बर्दीसहितको प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। 

उनले मकवानपुरको सीमामा पर्ने पश्चिममा लोथरदेखि दक्षिणमा चुरियामाई मन्दिरसम्ममा छवटा प्रहरी टोलीले रात्री बसमा हतियारसहित गस्ती गर्ने बताए। 

'चाडपर्वको समयमा धेरै सवारी आउजाउ हुन्छ। प्रहरी बसमा भएपछि यात्रुलाई पनि सहज र सुरक्षित महसुस हुन्छ। सवारीले धेरै भाडा असुल्न पनि सक्दैन। त्यसकारण हामीले गस्ती गर्न लागेका हौँ।', गौतमले भने। 

प्रहरीले जिल्लाभर नौ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी लामो दूरीका यात्रुलाई आवश्यक सहजीकरणसमेत सु? गरिसकेको उनले बताए। 

जिल्लाभर दैनिकजसो सवारी चालकहरूको मादक पदार्थ र लागूपदार्थ सेवनको परीक्षण गर्ने व्यवस्था प्रहरीले गरेको छ।

उनले बैंक तथा वित्तीय संस्था र भीड हुने स्थानमा बर्दी र सादा पोशाकमा प्रहरी खटाइसकिएको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.