सांस्कृतिक नगरी मटिहानीमा दूर्गा पूजाको स्वर्ण जयन्ती (फोटो फिचर)
काठमाडौं : घटस्थापनासँगै साँस्कृतिक नगरी महोत्तरीको मटिहानीमा दूर्गा पूजाको उल्लास छ। आदर्श दूर्गा पूजा समिति मटिहानीद्वारा आयोजना हुँदै आएको दूर्गा पूजा ५०औ वर्षको प्रवेश गरेको छ। यस खुसीयालीको अवसरमा मटिहानीबासीले दूर्गा पूजाको स्वर्ण जयन्ती मनाएको छ। बाजागाजाको धुनले माहौललाई उल्लासमय बनायो। झाँकी प्रदर्शन गरियो।
देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै कलश यात्राको आयोजना गरिएको मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताए। घरघरका कन्याकुमारीहरू कलश यात्रामा सहभागी भएका छन्। नदीबाट माटोको घैंटोमा जल ल्याइ दूर्गा मन्दिरमा राखिन्छन्। त्यसपछि विधिपूर्वक जमरा राखिन्छ। कलश यात्रामा हजारौं स्थानीयको उपस्थिति रहेको थियो।