कोरला नाका बन्द हुँदा भेंडाच्यांग्राको मूल्य बढ्यो

कोरला नाका बन्द हुँदा भेंडाच्यांग्राको मूल्य बढ्यो

जोमसोम : नेपाल र चीन बीचको कोरला नाका बन्द हुँदा यसवर्ष पनि दसै‌ंका लागि झरेका भेंडाच्यांग्रा मुस्ताङमै महंगिएको छ। 

तिब्बतबाट भेंडाच्यांग्रा कम आएपछि मुस्ताङमै भेंडाच्यांग्राको थोक मूल्य ३५ हजारदेखि ४३ हजारसम्म पर्ने गरेको छ।

कोभिड-१९ का कारण विगत तीन वर्षदेखि उत्तरी कोरला नाका बन्द छ। नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न नपाउँदा यस वर्ष पनि भेंडाच्यांग्राको संख्या न्यून भएको हो। 

जोमसोमका स्थानीय पशुपालक किसान भुपेन्द्र शेरचनले उपल्लो मुस्ताङबाट तीन हजार पाँच सय र डोल्पाबाट पनि उही संख्यामा आयात भएको जानकारी दिए। 

'यसपटक दसैंका लागि डोल्पा र मुस्ताङबाट भेंडाच्यांग्रा कम आए, च्यांग्रा खरिद गर्न व्यापारीको पनि चहलपहल देखिएन,पशुपालक किसान शेरचनले भने, 'जोमसोम झरेका च्यांग्राको थोक औसत मूल्य ३५ देखि ४३ सम्म भने,तिब्बतबाट भेंडाच्यांग्रा नआउदा मूल्य आकासिएको हो।'

मुस्ताङबाट बाहिरिने भेंडाच्यांग्राको पशु निरोगिताको भेटेनरी प्रमाणपत्र आवश्यक पर्छ। 

तर मुस्ताङबाट बाहिरिएका भेंडाच्यांग्राको भेटेनरी परिक्षणको तथ्यांक हेर्दा जम्मा तीन हजार ६ सय मात्र छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मुस्ताङका पशु चिकित्सक डा. सुधिर थापाका अनुसार जोमसोममा जम्मा करिब तीन हजार भेंडाच्यांग्राको पशु निरोगिताको प्रमाणपत्र सिफारिस गरिएको जानकारी दिए। 

यस्तै, थासाङ गाउँपालिका-३ लेते स्थित धौलागिरी प्राविधिक शिक्षालयकी पशु चिकित्सक सान्त्वना शेरचनका अनुसार लेते प्राविधिक शिक्षालयबाट जम्मा ६ सय भेंडाच्यांग्राको मात्र प्रमाणपत्र बनाई दिएको बताइन्। उनले जोमसोम र लेते गरी दुई ठाउँबाट मात्रै पशु भेटेनरी परीक्षण गरिने गरेको जनाइन्।

मुस्ताङबाट बजार झारिने भेंडाच्यांग्राको भेटेनरी परीक्षण गर्दा व्यापारीले एकिन तथ्यांक पेश नगर्दा भेंडाच्यांग्रा कति झरे भन्ने ठ्याक्कै तथ्यांक निकाल्न समस्या पर्ने गरेको पशु चिकित्सक शेरचनले उल्लेख गरिन्।

'फिल्डमै गएर पशु परीक्षण गर्न सम्भव छैन, उनले भनिन्, 'पशु निरोगिताको प्रमाणपत्र बनाउँदा तोकिएको शुल्क लाग्ने भएकाले व्यापारीले एकिन विवरण दिदैनन्।'

कोरोनाअघि कोरला नाकामा हुने व्यापार मेला हुँदा मुस्ताङ र डोल्पाका स्थानीय व्यापारी तथा पशुपालकले भेंडाच्यांग्रा खरिद गर्थे।

तर, कोरोनाकै कारण चीनले नाका खुला नगर्दा मुस्ताङ र डोल्पामै भेंडाच्यांग्राको अभाव खट्किएको हो। दसैंमा जोमसोममा करिब २३ हजारको संख्यामा भेंडाच्यांग्रा झर्ने गरेको रेकर्ड छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.