गाईजात्राका उत्कृष्ट सांस्कृतिकर्मी र कलाकारहरू पुरस्कृत

गाईजात्राका उत्कृष्ट सांस्कृतिकर्मी र कलाकारहरू पुरस्कृत

भक्तपुर : विश्व पर्यटन दिवस २०७९ का अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार वितरण गरिएको छ। 

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दरबार क्षेत्रमा भएको कार्यक्रममा प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो। साथै सांस्कृतिक गुरुहरूलाई सम्मान पनि गरिएको छ। 

उनीहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। 

कार्यक्रममा गाईजात्राका क्रममा प्रदर्शन गरिएका देवी प्याख (देवी नाच), भैल प्याखं (भैल नाच) लगायतका उत्कृष्ट नाच टोलीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो। 

फरक-फरक विधामा नगद राशीसहित पुरस्कृत गरिएको हो। (देवी नाच), भैल प्याखं (भैल नाच) मा प्रथम हुनेलाई प्रतिटोली ३५ हजार, दोस्रो हुनेलाई प्रतिटोली ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना तथा सहभागी हुने टोलीलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो।

यसरी नै विभिन्न विधामा उत्कृष्ट पहिलो, दोस्रो, तेस्रो, सान्त्वना हुने टिमलाई फरकफरक नगद पुरस्कार वितरण गरिएको थियो। 

कार्यक्रममा सांस्कृतिक गुरुहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका क्रममा विभिन्न नाचहरूको पनि प्रदर्शन गरिएको थियो। 

यसअघि पहिला नै उत्कृष्ट टोलीहरूको नामावली सार्वजनिक गरिएको थियो। नगरपालिकाले प्रत्येक वर्ष यसरी नै विश्व पर्यटन दिवसका अवसरमा पुरस्कार वितरण गर्दै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.