अख्तियारले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन
हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोग हेटौंडाका प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेस गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा आयोगका हेटौंडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए।