मुस्ताङमा म्यादी प्रहरी भर्ना अभियान तीव्र

मुस्ताङमा म्यादी प्रहरी भर्ना अभियान तीव्र

जोमसोम : आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा म्यादी प्रहरी भर्ना अभियान तीव्र रूप अघि बढाइएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले मुस्ताङका लागि २८५ कोटा निर्धारण गरेको जनाइएको छ।

यसअघि स्थानीय तह निर्वाचनपछि मतदाता संख्या वृद्धि, मतदान केन्द्र र मतदानस्थल बढेकाले सोही अनुपातमा आवश्यक म्यादी प्रहरी भर्ना गर्नुपर्ने निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले सरकारसँग माग गरेको थियो। 

निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले असोज ६ गतेदेखि म्यादी प्रहरी भर्ना अभियानलाई तीव्रता दिएको हो।

म्यादी प्रहरी छनौट र नियुक्तीका लागि प्रमुख जिल्ला अधिकारीको संयाजकत्वमा समिति समेत गठन गरी कार्यअघि बढाइएको हो।

गत स्थानीय तह निर्वाचनमा छनौट भएका म्यादी प्रहरीलाई सिधैं अन्तर्वार्तामा सामेल गराइने भएको छ।

पूर्व म्यादीहरूको यसअघि आचरण, प्रस्तुतीकरण, अनुशासन र लगनशीलताको रेकर्डको मूल्यांकन गर्दै पुनः म्यादी प्रहरीमा भर्ना गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।

गत स्थानीय तह निर्वाचनमा मुस्ताङमा २५६ जनालाई म्यादी प्रहरीमा भर्ना गरिएको मध्ये ८५ जनाले मात्र म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएका छन्।

उनीहरूलाई भोलि असोज १४ गते बिहीबार अन्तर्वार्ता लिएर छनौट गरिने प्रहरी निरीक्षक तामाङको भनाइ छ।

मुस्ताङमा गत हप्ताबाट म्यादी प्रहरी छनौटका लागि फिजिकल फिटनेसको तालिमका साथै मेडिकल परीक्षण गराइएको छ। 

यसपटक पूर्व म्यादी प्रहरीसहित २९६ जनाले आवेदन दिएका थिए। जसमध्ये म्यादी भर्ना हुन नयाँ २११ जनाले आवेदन दिएको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे। 

म्यादीका लागि नयाँले आवेदन दिएकामध्ये १६ जनाले फिजिकल टेनिङ र मेडिकल परीक्षणमा अनुपस्थित भए भने १२ जना अनुउर्तिण भएका छन्।

फिजिकल ट्रेनिङ र मेडिकल उर्तीण गरेका १८३ जनामध्ये २ जनाले लिखित परीक्षामा सामेल हुन सकेनन्। मुस्ताङका लागि कुल २११ जनाले आवदेन दिएका मध्ये १८१ जना मात्रले अन्तर्वार्ता परीक्षामा सामेल हुँदैछन्।

म्यादीका लागि मुस्ताङमा रुकुम, रोल्पा, म्याग्दी, धादिङ, बाग्लुङ, बाँके र सल्यान जिल्लाका व्यक्तिले आवेदन दिएका थिए। 

उनीहरू मुस्ताङमै रोजगारको क्रममा आएका, अस्थायी बसोबास गरेका र कोही स्याउ टिप्न आएका व्यक्तिहरू छन्। म्यादी प्रहरीमा भर्ना भएकालाई सरकारले ५० दिनसम्म ड्यूटीमा खटाउने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.