भक्तपुरमा बजार अनुगमन तीव्र

भक्तपुरमा बजार अनुगमन तीव्र

भक्तपुर : भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा बुधबार भक्तपुर जिल्लामा रहेका आठवटा दूध डेरीमा अनुगमन गरिएको छ।

अनुगमन गरेका आठवटा डेरीमध्ये शिवम डेरीले अफिसको साँचो नभएको र प्रोप्राइटर उपस्थित नभएको भन्दै केही जानकारी दिएन। 

सो डेरीबाहेक ओम संजिवनी डेरी, कालिका डेरी, भक्तपुर डेरी, जगदम्वा डेरी, जय संजिवनी डेरी, जय शम्भु डेरी र सैजु डेरी उद्योगहरूको उद्योग दर्ता प्रमाणपत्र खाद्य अनुज्ञा पत्र, पान नम्बर, ल्याव टेष्टसहितको रिपोर्ट नियमित नवीकरण गरेको पाइएको छ। 

अधिकांश डेरीहरू पहिलाभन्दा धेरै सुधारिएको पाइएको अनुगमन समितिका संयोजक शर्माले जानकारी दिए। 

यसैगरी, शिवम् डेरीको उद्योग दर्ता प्रमाणपत्र, खाद्य अनुज्ञापत्र, पान नम्बर, ल्याब टेष्टसहितको रिपोर्टको सम्पूर्ण कागजातहरू लिई घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ। 

ओम संजिवनी डेरीमा दूध रिसिभ गर्दा तापक्रमको अभिलेख राख्ने, दहीको प्लास्टिकको बट्टा प्रशोधन गरेर मात्र प्रयोगमा ल्याउने, बाल्टिनमा प्याकिङ्गपश्चात सिल लगाउनुपर्ने सुझाव दिइएको छ।

सैंजु डेरीमा प्याकेजिङ्ग मेशिनको यूभिलाईट आश्विन १४ गते शुक्रबारभित्र मर्मत गरी प्रयोग गर्ने, दहीको बट्टालाई प्रसोधन गरेर मात्र प्रयोगमा ल्याउन, दूध रिजभ गर्दा र प्रशोधन गर्दा दुरुस्त नियमित रूपमा परीक्षण गरी अभिलेख राख्नुपर्ने, दूध र दहीको ३/३ महिनामा परीक्षण गर्नुपर्ने र सल्फ्युरिक एसिड एनालाइसिस ग्रेटको प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।

जय शम्भु डेरीमा गोदाम सरससफाई गर्ने, प्याकिङ्ग मेशिनमा यूभिलाइट जडान गरी प्याकिङ्ग गर्न निर्देशन दिएको छ। जय शम्भु डेरीमा म्याद नाघेको १८ हजार नौ सय बराबरको १८० लिटर दही जफत गरी नष्ट गरिएको छ। 

दूधको गुणस्तर परीक्षण गरी मात्र बजारमा लानुपर्ने, बजारमा पुर्‍याएको दही दूध फिर्ता नहुने व्यवस्था गर्नुपर्ने, प्रोसेसिङ्ग उद्योगमा भित्र नियमित सरसफाई गर्ने दहीका भाँडाहरू सफाई नगरी प्रयोग गर्न नहुने, प्रोसेसिङ्ग रुमभित्र सरसफाई, लामखुट्टे जस्ता किरा देखिएकोले सरसफाई गर्नुपर्ने र उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफा उल्लंघन गरेकाले उक्त डेरीलाई दश हजार जरिवाना गरिएको छ। साथै तीन दिनभित्र जिल्ला प्रशासनमा उपस्थिति हुन निर्देशन दिएको छ। 

त्यसैगरी भक्तपुर नगरपालिकाले पनि मासु पसलमा अनुगमन गरेको छ। भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको आठवटा मासु पसलको अनुगमन गरिएको हो। 

अनुगमनमा अधिकाशं पसलले दर्ता नवीकरण र सरसफाईमा ध्यान नदिएको संयोजक शर्माले बताए। साथै सरसफाईमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राख्न, तराजु नवीकरण नभएकाले नवीकरण गर्न, मासु सफा गरेको पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न र कामदारलाई बुट र पञ्जाको व्यवस्था गर्न निर्देशन दिएको बताए।

अनुगमनमा कार्यविनायक मिट सप एकदम फोहर भएको र व्यवस्थित नभएकाले व्यवस्थित र सफा गर्न र पसल नवीकरण नभएकाले नवीकरण गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।  

त्यस्तै सिद्धिगणेश मिट सप नवीकरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, मासु झिंगाले नभन्किने गरी र धुलो नपस्ने गरी जाली वा सिसाको बाकस बनाई व्यस्थित गर्न, सरसफाईमा ध्यान दिन निर्देशन दिई तीन दिनभित्र नवीकरण कागजात लिई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। 

कमलबिनायक मिट सपमा दर्ता नभएको र तराजु दुई वटा नापतौल विभागमा नवीकरण नभएकाले तराजु दुई वटा जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिई पसल दर्ता गर्न, तराजु नवीकरण गर्न, मूल्य सुचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, भुई भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राखी पसल व्यवस्थित र सफा गर्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। जुजु मिट मार्ट नवीकरण गर्ने र सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो।

त्यस्तै नविन मिट सप नवीकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न र तराजु नवीकरण नभएकाले जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो। त्यस्तै सुरेन्द्र मिट सप पसल व्यवस्थित गर्न र सफा गर्न निर्देशन दियो। 
त्यस्तै कमलबिनायक मिट सप नवीकरण कागजात नभएकाले कागजात लिएर तीन दिनभित्र उपस्थित हुन र मूल्य सूची राख्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.