राष्ट्रिय सुरक्षा नीतिबारे पुस्तक

राष्ट्रिय सुरक्षा नीतिबारे पुस्तक

काठमाडौं : अनुसन्धानमूलक कृति ‘नेसनल सेक्युरिटी एन्ड द स्टेट: अ फोकस अन नेपाल’ पाठकमाझ आएको छ। नेपाली सेनाका पूर्वसहायक रथी केशरबहादुर भण्डारीले चार वर्षको मिहिनेतमा राष्ट्रिय महŒवको यो पुस्तक तयार पारेका हुन्। यसको प्रकाशन नेपालयले गरेको हो।

गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङले बिहीबार एक समारोहबीच पुस्तक लोकार्पण गरे।

नेपालको राष्ट्रिय सुरक्षाका चुनौती र नेपालले अख्तियारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा यो पुस्तक केन्द्रित छ। यसमा नेपाल र भारतबीच परम्परादेखि चल्दै आएको सम्बन्ध र खुला सिमानाले सिर्जित सुरक्षा चुनौतीबारे चर्चा गरिएको छ। कालापानी मुद्दासँग जोडेर नेपाल र नेपालजस्ता साना मुलुकका राष्ट्रिय सुरक्षा चुनौती र सोसम्बन्धी नीतिबारे किताबमा उल्लेख छ।

कुलपति डा. गुरुङले देशको संवैधानिक अंग भ्रष्ट भएको बताए। ‘संवैधानिक निकायहरूले राज्य र सरकारलाई संविधानअनुसार ठीक ठाउँमा राख्नुपर्ने हो। तर, उनीहरू आफू भ्रष्ट भए’, उनले भने, ‘लोकसेवा, अख्तियार, महालेखापरीक्षक, अदालत, वकिल सबै भ्रष्टाचारमा जेलिए। राज्य कता जाने ? खतराको अवस्थामा आयो।’

राष्ट्रिय सुरक्षा नीति मूलरूपमा नेपालको राष्ट्रिय हित, मूल्यमान्यताको जगेर्ना, राष्ट्रिय अस्तित्वको संरक्षण तथा सार्वभौमसत्तासम्पन्न नेपाली जनताको भावलाई मार्गनिर्देश गर्ने नीति रहेको लेखक भण्डारीले उल्लेख गरे। नागरिकलाई आफ्नै देशको राष्ट्रिय सुरक्षा नीतिबारे जानकारी नहुनु दुःखद पक्ष रहेको उनले बताए।

‘राष्ट्रिय सुरक्षा नीति भित्र १५—२० प्रतिशत मात्रै सेना र प्रहरी पर्छ। बाँकी यहाँको नागरिक, प्राकृतिकलगायत छन्’, उनले भने, ‘सुरक्षा नीतिमा नागरिकलाई राख्ने तर राष्ट्रिय सुरक्षा नीति जानकारी नदिने कुरो ठीक होइन। मुख्य कुरोबाहेक अन्य कुरा सार्वजनिक गरिनुपर्छ।’ पुस्तकमार्फत समकालीन राष्ट्रिय सुरक्षा चुनौती र नेपालको वर्तमान सुरक्षा नीतिमाथि प्रकाश पार्ने जमर्को गरिएको छ। साना सार्वभौम राष्ट्रहरूको राष्ट्रिय सुरक्षा परिस्थितिलाई केन्द्रित गरेर यो पुस्तकले राष्ट्रिय सुरक्षाको फराकिलो सैद्धान्तिक अवधारणालाई बुझाउने प्रयत्न गरेको छ।

नेपालमा आन्तरिक तथा बाह्य दुवै किसिमका सुरक्षा चुनौती रहेको उनले पुस्तकमा औंल्याएका छन्। शक्तिशाली मुलुक चीन र भारतको बिचको भौगोलिक अवस्थितिले नेपालको सुरक्षा र समृद्धिका लागि अनेक अवसरका साथसाथै चुनौती समेत रहेको लेखकले पुस्तकमा उल्लेख गरेका छन्। यसकारण सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्र पहिचानले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव र राष्ट्रिय सुरक्षा नीतिप्रति सर्वसाधारणको चासो र अभिरुची बढ्दो रहेको लेखक भण्डारीले बताए।

नेपालको प्रथम राष्ट्रिय सुरक्षा नीतिको मस्यौदाकारका रुपमा भूमिका खेलेका लेखक भण्डारी रक्षा विश्लेषक हुन्। उनले राष्ट्रिय सुरक्षा विषयमा विद्यावारिधि गरेका छन्। भण्डारीले अफगानिस्तान र पाकिस्तानमा संयुक्त राष्ट्रसंघको विशेष सुरक्षा सल्लाहकारका काम गरिसकेका छन् भने देश, विदेशका विश्वविद्यालय र सुरक्षा सम्बन्धी अध्ययन केन्द्रहरूमा अध्यापन तथा सुरक्षाविज्ञका रूपमा विद्वत प्रवचन दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.