म्यादी प्रहरीमा युवाको लर्को, तेब्बरको आवेदन

म्यादी प्रहरीमा युवाको लर्को, तेब्बरको आवेदन

स्याङजा : मंसिर ४ मा हुने निर्वाचनका लागि म्यादी प्रहरीमा २० देखि ३० वर्ष उमेर समूहका युवाको लर्को देखिएको छ। यसरी आउनेमा अधिकांश बेरोजगार युवायुवतीको संख्या छ।

प्रहरीले म्यादी प्रहरीका लागि भर्ना खुलाएसँगै अन्य समूहभन्दा युवा पिढी तेब्बरले बढी देखिएको छ। म्यादी प्रहरी बन्नका लागि २० देखि ५४ वर्ष उमेर, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलगायत अन्य केही मापदण्ड तोकिएका छन्। 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा १ हजार ८ सय ७६ जनाले म्यादी प्रहरी बन्ने आकांक्षासहित फर्म भरेका छन्। तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका १ हजार ४५८ जना युवा छन्। 

फर्म भर्नेमध्ये २० वर्ष उमेर समूहका ६ सय जना, ३० वर्ष उमेरका ८५८ जना, ४० वर्ष उमेरका २५९ जना र ५४ वर्षसम्मका १५९ जना रहेको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत जानकारी दिए। 

तीमध्ये ३ सय १० जना महिला र १ हजार ५ सय ६६ जना पुरुष छन्। म्यादी प्रहरीमा साधारण लेखपढ भएका ७ सय ७२ जना, एसएलसी वा सो सरहका ८ सय ७७ जना, जोड १२ का २ सय २४ जना र सो भन्दा माथि अध्ययन गरेका ३ जना आएको कार्यालयले जनाएको छ। 

यसरी आउनेमा अधिकांश सर्वसाधारण र यसअघिका म्यादी प्रहरी छन। सर्बसाधारणतर्फ १ हजार १६९ जना र यसअघिका निर्वाचनमा पनि म्यादी भइसकेका ६७१ छन्। पूर्वसुरक्षाकर्मी (सेना, प्रहरी, शसस्त्रका) गरी ३३ जना पुरुष छन्। 

कार्यालयले भने १ हजार ७ सय ९० जना कोटा रहेको जनाएको छ। अहिले भर्ना भएका उम्मेदवारको छनौट प्रक्रिया सुरु भएको छ। पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा बिहानदेखि साँझसम्म आकांक्षी म्यादी प्रहरीको नापजाँच कार्य भइरहेको छ। 

आकांक्षीहरुका नतिजा २५ गते सार्वजनिक गरिने र त्यसपछि प्रशिक्षण दिइने प्रहरी निरीक्षक अर्जुन विकले जानकारी दिए। 

स्याङ्जामा २ संघीय निर्वाचन क्षेत्र र ४ प्रादेशिक निर्वाचन क्षेत्र छन्। 

यहाँ १९९ मतदान स्थल र ३२० मतदान केन्द्र तोकिएका छन् भने २ लाख ४४ हजार ८९ जना मतदाता छन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.