भक्तपुरमा शिक्षकलाई तालिम

भक्तपुरमा शिक्षकलाई तालिम

भक्तपुर : भक्तपुरमा टिचर ट्रेनिङ्ग अन पेडागोजी एण्ड डाइभरसिटी इन इंगलिश ल्यांग्वेज टिचिङ्ग विषयमा दुईदिने तालिम सम्पन्न भएको छ। 

इन्टिग्रेटेड डेभलपमेन्ट एण्ड टान्सफरमेशन (आइडीटी) नेपालको आयोजनामा तालिम भएको हो।

अमेरिकी तालिम सहजकर्ताहरू/प्रशिक्षकहरू डा. टुङ्डे सेपेली, आस्ले टेसारोलो र जर्ज नियरिङले तालिम दिएका थिए। 

रिजनल इंगलिश ल्यांग्वेज अफिस (आरइएलओ), अमेरिकी दूतावास काठमाडौंको आर्थिक तथा शैक्षिक सहयोगमा हिसान भक्तपुरको सहकार्यमा तालिम भएको हो। 

तालिममा हिसान भक्तपुर आवद्ध र अन्य विद्यालयका ३७ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो।

कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष तथा मोडर्न स्कुल र कलेज सृजनानगर भक्तपुरका प्राचार्य अनिल कस्पालले स्वागत गर्दै स्वस्तिक कलेजको व्यवस्थापनका लागि धन्यवाद दिए। 

तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई अमेरिकी दुतावास नेपाल आरईएलओ नेपालको कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, प्रशिक्षकहरू र हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।

तालिमको दौरानमा आईडीटी नेपालका एक्सिस कोअर्डिनेटर मधुकर पाण्डेय र आईडीटी नेपालको तालिम संयोजक दिपा सिलवालले विद्यार्थीहरूले घरमै बसेर कसरी अमेरिकी अनलाइन कक्षाहरू लिई प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भन्ने बारेमा पनि प्रस्तुत गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.