कैलाश गाउँपालिकाले उपलब्ध गरायो कैदीबन्दीलाई खसी
हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दसैंका लागि खसी उपलब्ध गराएको छ।
पालिका अध्यक्ष लोकबहादुर मुक्तानले शनिबार कारागार परिसर पुगेर खसीसहित खाद्य सामग्री कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन्।
पालिकाले कैदीबन्दीका लागि एउटा खसी, १० बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएको हो।
कारागारमा रहेका कैदीबन्दीलाई दसैं मान्न राहत मिलोस् भनेर खसीसहित खाद्यसामग्री उपलब्ध गराएको पालिका अध्यक्ष मुक्तानले बताए।
'दसैंमा सबै रमाइरहेका बेला कारागारमा रहेका कैदीबन्दीलाई पनि चाडपर्व मनाउन केही राहत होस् भन्ने उद्देश्यले हामीले खाद्य सामग्री उपलब्ध गराएका हौँ।'
हाल कारागारमा ९ सय ९७ जना कैदीबन्दी रहेका छन्।