डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी : आसन्न निर्वाचनलाई लक्षित गरी डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

शनिबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमला तथा निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकरण पन्तको उपस्थितिमा प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश शिवलाल पाण्डेले कार्यालयको उद्घाटन गरेका हुन्। 

यही असोज २० गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सक्नुपर्ने निर्वाचन आयोगको निर्देशन अनुरूप कार्यालयको स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत पाण्डेले बताए।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा डोटी जिल्लाका एक लाख २४ हजार ८ सय ७० जना सहभागी हुने भएका छन्। 

जम्मा मतदातामा ६५ हजार ७ सय ३५ महिला र ५९ हजार एक सय ३५ जना पुरुष रहेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा एक हजार ३ सय १६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकरण पन्तले जानकारी दिए। 

निर्वाचन कार्यालयका अनुसार जिल्लामा छवटा मतदान केन्द्र थप भएका छन्। आदर्श गाउँपालिकामा ३, शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र सायल गाउँपालिकामा एक एक मतदान केन्द्र थप भएका हुन्। 

६ मतदान केन्द्र थप भए सँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या एक सय ७७ भएको छ। जिल्लामा एक सय १५ मतदानस्थल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.