जबरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने महिला पक्राउ

जबरजस्ती करणी गरेको भन्दै झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर : झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो।

ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए। 

उक्त निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.