दसैंका बाजाहरूले गुन्जायमान बन्यो भक्तपुर

दसैंका बाजाहरूले गुन्जायमान बन्यो भक्तपुर

भक्तपुर : दसैंसँगै भक्तपुर नगर बाजागाजाले गुन्जायमान बनेको छ। दसैंको सुरुवात अर्थात् घटस्थापनादेखि नै नगर बाजागाजाले गुन्जायमान बन्न थालेको हो। 

दसैंसँगै सुरु हुने नवरात्री मेलामा बिहान र बेलुकी दैनिक फरक-फरक शक्तिपिठहरूमा टोलटोलबाट सयौंं बाजागाजा टोली बाजा बजाउँदै जाने भएकाले बाजागाजाले नगर गुन्जायमान बनेको हो।  

युवायुवती बाजागाजामा मस्त देखिन थालेका छन्। पुरानो परम्परा त्याग्दै गरेका नयाँ पुस्ताका युवायुवतीको आकर्षण पछिल्लो समय पुराना बाजागाजाप्रति देखिएको छ। 

दसैंसँगै मेलामा बाजागाजा बजाएर आउने युवायुवती अत्यधिक भेटिएका हुन्। सयौंं बाजागाजाको टोलीमा युवायुवतीहरू बाजा बजाएर रमाएको देखिन्छन्। 

मेला भर्न आउने बाजागाजाको टोलीमा युवायुवती विशेष देखिएका थिए। धिमे, बासुरी, झयालीलगायतको बाजागाजाको टोलीमा युवायुवती नै विशेष रूपमा देखिए। यसका अलावा अन्य बाजाप्रेमी पनि समूहसमूहमा आएका देखिए। 

दसैंको पहिलो दिन घटस्थापनामा भक्तपुरको ब्रम्हायणीमा मेला लागेको थियो। दसैंका क्रममा यहाँ घटनास्थापनादेखि दस दिनसम्म फरकफरक शक्तिपीठमा दैनिक मेला लाग्ने गर्दछ। 

जस अनुसार पहिलो दिन बिहान र बेलुका दुई समयमा मेला लागेको थियो। मेलामा हजारौ जात्रालुहरू सयौं बाजागाजाका टोलीसँग सहभागी भएका हुन्छन्। 

मेला भर्न भक्तपुर नगरका टोलटोलबाट बाजागाजासहित शक्तिपीठमा धाउँछन्। एउटै टोलबाट पनि दर्जनौं बाजागाजा टोली मेला भर्न शक्तिपीठ जान्छन्। 

बाजा बजाउँदा संस्कृतिको जगर्ना मात्रै नभई रमाइलो पनि लाग्ने भएकाले यसप्रति आफूहरूको आकर्षण रहेको युवायुवतीहरू बताउँछन्। 

'बाजागाजा बजाउँदा रमाइलो लाग्ने भएकाले यसप्रति आकर्षित भएको हुँ, धिमेबाजा बजाएर मेला भर्न आएका सौरभ दनेगुलुले भने, 'बाजागाजा बजाउँदाको मज्जै भिन्न हुँदो रहेछ।' 

बाजागाजा बजाएर आउने युवतीको संख्या पनि उतिकै देखिएका थिए। पहिलापहिला युवाले मात्रै बजाउने बाजागाजाप्रति युवतीको आकर्षण पछिल्लो समय उतिकै देखिन थालेको छ। 

बाजागाजाको टोलीमा झ्याली बजाएर आएकी सृजना मुस्याख्वले प्रशिक्षणमा सहभागी भई आफूले बाजागाजा सिकेको सुनाइन्। 

भक्तपुर नगरका टोल टोलमा समय समयमा सहकारी संस्थालगायतले बाजागाजा प्रशिक्षण दिँदै आएका छन्। धिमे, बाँसुरीलगायतका तालिम यहाँ चलिरहेका हुन्छन्।  

कला, सस्कृति भजन महागुठीका अध्यक्ष जननीप्रसाद मुलले बाजागाजाप्रति युवाको आकर्षण बढेको पाइएको जनाए। यही कारण समय मयमा हुने जात्रा पर्वमा भक्तपुर नगर बाँसुरी, धिमेलगायतका बाजागाजाले गुन्जायमान रहने उनी बताउँछन्। 

मेला लाग्ने स्थानहरू

          दिन                   मेला लाग्ने स्थान

  • प्रतिपदा (घटस्थापना)           ब्रम्हायणी
  • द्वितीया                    महेश्वरी
  • तृतीया                     कुमारी
  • चतुर्थी                    भद्रकाली
  • पञ्चमी                    बाराहीस्थान
  • षष्ठी                       इन्द्रायणी
  • सप्तमी                     महाकाली
  • अष्टमी                    महालक्ष्मी
  • नवमी                       त्रिपुरासुन्दरी
  • विजयादशमी                ब्रम्हायणी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.