लोक संस्कृति जोगाउन झिझिया

लोक संस्कृति जोगाउन झिझिया

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा मगही झिझिया नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

कला संस्कृतिको क्षेत्रमा काम गर्दै आएका अप्पन मिडिया प्रोडक्सन हाउसले लोक संस्कृति जोगाउन आयोजना गरेको झिझिया नृत्य प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ल्याउने समूहलाई नगदसहित प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरिएको कार्यक्रम संयोजक एवं मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए। 

उनका अनुसार प्रतियोगितामा धनुषा र महोत्तरीका पाँचवटा टिम सहभागी भएका थिए। ती सबैलाई पुरस्कृत गरिएको अभियानी मगहीले बताए।

प्रतियोगितामा हरिहरपुर टिम प्रथम, ढल्केवर मेला कमिटीको टिम द्वितीय र कुसुमविसौना मेला कमिटीको टिम तृतीय स्थान ल्याएका छन्। त्यस्तै बर्दिबास टिम र ढल्केवर टिम सान्त्वनामा स्थान प्राप्त गरेका हुन्।

प्रतियोगिताको निर्णायकमा अन्तराष्ट्रिय मगही फाउण्डेसनका अध्यक्ष वीरबहादुर महतो र कलासंस्कृति संरक्षण अभियानी अरुण कुमार महतो रहेका थिए।

हिन्दुहरूको महान चाडपर्वलाई लक्षित गरी भाषा, संस्कृतिको संरक्षण, सम्वर्द्धन गर्नका लागि समाजमा जनचेता फैलाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको मगही भाषा अभियानी विजय कुमार दासले जानकारी दिए।

अभियानी दासले समाजमा दिनप्रति दिन अश्लीलता बढ्दै गइरहेको र संस्कृतिमा ह्रास आइरहेको हुनाले आफ्नो संस्कृतिलाई पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सुनाए।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.