उपनिर्वाचन : कैलालीमा  सत्तागठबन्धनबीच तालमेलको  सम्भावना

उपनिर्वाचन : कैलालीमा  सत्तागठबन्धनबीच तालमेलको  सम्भावना
सुन्नुहोस्

कैलाली : सुदूरपश्चिममा जनप्रतिनिधि रिक्त भएका ६ पदका लागि दलहरू उमेदवार छनौटमा लागेका छन्। केही दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् भने केही दलहरू उमेदवार छनौटमा व्यस्त छन्।

सुदूरपश्चिममा कैलाली जिल्ला समन्वय समिति संयोजक र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छ।

कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो। कलेल काँग्रेसबाट निर्वाचित भएका थिए। यस्तै बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको पनि निधन भएको थियो। जोशी पनि नेपाली काँग्रेसबाट विजयी भएकी हुन्।

डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो। बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५ मा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्षको निधन भएको थियो। उपनिर्वाचनका लागि कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन्। 

रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा सत्ता गठबन्धनबीच तालमेल हुने सम्भावना देखिएको छ। 
नेकपा एमालेले नेपाली कांग्रेसलाई सघाउने बारे छलफल भइरहेको छ। तर नेकपा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले समन्वय समितिमा सघाएबापत काँग्रेसले अरु जिल्लामा कसरी तालमेल गर्ने बारे भने कुरा हुन नसकेको बताए। 

काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट वडासदस्यमा विजयी केशवराज पन्तलाई उमेदवार बनाउने तयारी गरेको कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले बताए। 

स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षका लागि काँग्रेसले कुन्तिसरा शाही र एमालेले शुलोचना कुमारी भण्डारीलाई उमेदवार बनाएको छ। 
रिक्त भीमदत्त–६ को वडाध्यक्षमा एमालेबाट बहादुर चन्द र काँग्रेसबाट प्रकाशबहादुर चन्द चुनाव लड्ने भएका छन्। प्रकाश बहादुरका आफ्नै सहोदर भतिजा हुन्।

काँग्रेसले डोटीको पूर्वीचौकी–६ मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय गरेको छ भने एमालेले देबबहादुर थापालाई उमेदवार बनाएको छ। बझाङको सुर्मा ४ मा भने उमेदवारको टुंगो लागिसकेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.