शान्ता बुढा बनिन् रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति

शान्ता बुढा बनिन् रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति
सुन्नुहोस्

गुलरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको सभापति पदमा शान्ता वुढाक्षेत्री निर्वाचित भएकी छिन् । उनी रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बनेकी छिन् । शनिवार सम्पन्न प्रथम जिल्ला अधिवेशनको निर्वाचनले ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।     प्रतिद्वन्दी उदयबहादुर खत्रीलाई ११२ मतले पराजित गरेकी बुढाक्षेत्रीले १५८ मत प्राप्त गरेकी छिन् । खत्रीले ४६ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा दुर्गाप्रसाद थारुले १५२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी मुकेशकुमार थारुले ३५ मत प्राप्त गरे । सचिव पदमा दिपकबहादुर बिसी ले १४७ मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदका प्रतिद्वन्दी लक्ष्मीप्रसाद न्यौपाने ५३ मतमा समेटिए । त्यस्तै सहसचिव पदमा शरषचन्द्र तिवारीले १३१ मत प्राप्त गरी प्रतिद्वन्दी रविन्द्र उपाध्यायलाई पराजित गरेको नवनिर्वाचित सचिव दिपकबहादुर बिसीले जानकारी दिए । उपाध्यायले ६३ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ अर्जुन भण्डारी (१३३), लिला पनेरु (१२८) र गीता खड्का १०७ मत प्राप्त गरी विजयी भएका छन् । खुला सदस्यतर्फ ३ वटा पदको लागि ८ जनाको उम्मेदवारी परेको थियो । समावेशी सदस्यतर्फ दुई वटा पदमध्ये एउटा पदमा गीता परियार निर्विरोध चयन भएकी छिन् । एउटा पदमा कुनै उम्मेदवारी नपरेको सचिव बिसीले जानकारी दिए ।

त्यस्तै बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट सुशिल बस्याल र २ बाट दिपनारायण श्रेष्ठ क्षेत्रीय संयोजक हुने गरी सदस्य पदमा निर्विरोध चयन भएका छन् । जिल्ला कार्यसमितिमा ८ पालिका सभापति पदेन सदस्य रहने र २ जना सदस्य जिल्ला सभापतिले मनोनित गर्ने ब्यवस्था रहेको बताइएको छ । रास्वपा बर्दियाको जिल्ला कार्यसमिति २१ जनाको हुनेछ । कुल ३०१ जना मतदाता सदस्य रहेको निर्वाचनमा २३१ मत खसेको र १५ मत बदर भएको उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.