परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा मन्त्रीबीच भर्चुअल संवाद, के भयो कुराकानी?

परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा मन्त्रीबीच भर्चुअल संवाद, के भयो कुराकानी?
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षामन्त्री ड्यान जार्भिसबीच मंगलबार भर्चुअल संबाद भएको छ। लामो समयदेखि समाधान हुन नसकेको ब्रिटिस गोर्खासम्बन्धी विषयमा दुई पक्षबीच संबाद भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले नेपाल-बेलायत सम्बन्धमा ब्रिटिस गोर्खाको ऐतिहासिक र महत्वपूर्ण योगदानको चर्चा गर्दै उनीहरूको लामो समयदेखिको गुनासो आपसी सहमतिमा आधारित समाधानमार्फत यथाशीघ्र टुंग्याउनुपर्नेमा जोड दिएका थिए।

उनले ब्रिटिस गोर्खाले पुर्‍याएको योगदान र गरेको त्यागलाई सम्मान गर्दै उनीहरूको मागलाई सहानुभूतिपूर्ण दृष्टिकोणबाट सम्बोधन गर्न बेलायती सरकारसँग आग्रह गरे। उक्त विषयको समाधानका लागि नेपाल सरकार रचनात्मक तथा सहकार्यात्मक भूमिका निर्वाह गर्न नेपाल सरकार तयार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भर्चुअल बैठकमा बेलायतका रक्षामन्त्री ड्यान जार्भिसले ब्रिटिस गोर्खा ब्रिटिस सेनाको अभिन्न अंग रहेको उल्लेख गर्दै यो विषयलाई यथाशीघ्र समाधान गर्नु बेलायती सरकारको प्राथमिकतामा रहेको बताएका थिए।

बैठकमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख गणेशप्रसाद ढकालसहित मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी थिए। बैठकको समन्वय तथा सहजीकरण काठमाडौंस्थित बेलायती दूतावासले गरेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.