गाडी पार्किङ घटनामा रास्वपा नेता–कार्यकर्ता भए पनि कारवाही हुनुपर्छ : रवि लामिछाने

गाडी पार्किङ घटनामा रास्वपा नेता–कार्यकर्ता भए पनि कारवाही हुनुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चार गृह बाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् । 

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका बिषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन् । उनले उक्त घटनामा रास्वपाका नेता वा कार्यकर्ता जसको संलग्नता भए पनि कारवाही हुनुपर्ने बताए ।

सभापति लामिछानेले प्रधानमन्त्रीसंग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका बिषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिए । त्यस्तै सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको लामिछानेले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.