नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरू

नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरू
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरू भएको छ। सोमबारदेखि दुई देशका सैनिकबीच संयुक्त अभ्यास सुरू भएको हो। 'ब्यालेन्स नेल' नामक संयुक्त सैन्य अभ्यास २०६० सालदेखि दुवै देशका सेनाबीच हुँदै आएको छ।

नेपाली सेनासँगको अभ्यासका लागि अमेरीकी सेनाहरू आइतबार साँझ विशेष विमानबाट काठमाडौं आएका थिए। काठमाडौंमा दुई देशका सेनाबीच अभ्यास भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार अभ्यास विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायतामा केन्द्रित छ। 

नेपालले प्रत्येक वर्ष अमेरिका, भारत, चीनलगायत देशका सेनाहरूसँग संयुक्त अभ्यास गर्दै आएको छ। अमेरिकी सेनासँगको अभ्यास पनि त्यसकै निरन्तरता भएको प्रवक्ता बस्नेतले जानकारी दिए।

'प्रत्येक वर्ष अमेरिकासहित अन्य देशहरूसँग पनि हाम्रो सैन्य अभ्यास हुँदै आएको छ। अमेरिकी सेनासँगको अभ्यास पनि त्यसकै निरन्तरता हो,' अन्नपूर्णसँग उनले भने। 

'ब्यालेन्स नेल' अभ्यासको दौरानमा रेञ्‍जरहरू र अमेरिकी विषेश अपरेशन फोर्सलाई दुर्गम र हिमाली क्षेत्रमा आइपर्ने विपत्ति र त्यस्ता विपत्तिहरूमा पूर्वतयारी, न्यूनीकरण र मानवीय सहयोगका लागि तयार रहन संयुक्त रूपमा तालिम दिइन्छ। यस तालिमले स्वदेश तथा शान्तिस्थापनार्थ गएका देशहरूमा नेपाली सेनाको सरकारी निकाय, आमनागरिक र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समन्वय गरेर कार्य गर्ने क्षमताको विकास समेत गर्नेछ ।

अघिल्लो वर्ष नेपाली सेना र अमेरिकी सेनाबीच 'प्यासिफिक एन्जल' नामक अभ्यास पनि भएको थियो। उक्त अभ्यास विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा रहेको नेपाली सेनाले जनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.