रास्वपा संखुवासभा सभापतिमा श्रेष्ठ निर्विरोध

रास्वपा संखुवासभा सभापतिमा श्रेष्ठ निर्विरोध
सुन्नुहोस्

खाँदबारी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको प्रथम जिल्ला अधिवेशनले भक्तनारायण श्रेष्ठलाई पुनः जिल्ला सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाई तथा सहसचिवमा सन्तोष बस्नेत चयन भएका छन् ।

रास्वपा प्रथम जिल्ला अधिवेशनबाट पुनः जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका श्रेष्ठले सम्पूर्ण प्रतिनिधि, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । उनले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनताका मुद्दामा आफ्नो नेतृत्वको मुख्य प्राथमिकता हुने बताएका छन् । श्रेष्ठले पार्टीभित्र एकता, अनुशासन र सहकार्यलाई मजबुत बनाउँदै संखुवासभामा स्वच्छ र जिम्मेवार राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘पद अवसर होइन, जिम्मेवारी हो, नेतृत्व अधिकार होइन, सेवा हो’, भन्दै उनले सबैलाई साझा अभियानमा साथ दिन आग्रह गरेका छन् ।

यसैबीच, जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त अधिवेशनको बन्दसत्रका क्रममा पदाधिकारी चयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको थियो । पदाधिकारीलाई सर्वसम्मत चयन गर्ने विषयमा मतभेद चर्किएपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो । विवाद बढ्दै झडपको स्थिति उत्पन्न हुन थालेपछि सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको थियो । बन्दसत्र सञ्चालन भइरहेका बेला प्रहरी सभाहलभित्र प्रवेश गरी अवस्था नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि, विवादका बीच पनि अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आफ्नो प्रक्रिया सम्पन्न गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.