काठमाडौंमा खसीबोका, भक्तपुरमा राँगा

काठमाडौंमा खसीबोका, भक्तपुरमा राँगा

भक्तपुर : दसैसँगै भक्तपुरमा राँगा खरिद गर्न आउनेहरूको ताँती सुरु भएको छ। मासुको पर्वका रूपमा रहेको दसैंमा यहाँका घर–घरमा राँगाको मासु भित्र्याउनुपर्ने चलन छ। भक्तपुर नगरपालिका–८ महेश्वरी खेल मैदान वरिपरि राँगो बेच्नेहरूको पनि हुल बढेको छ। त्यहाँ २-३ दिन अगाडिबाट नै सयौं राँगा बिक्रीका लागि राखिएका छन्। 

फूलपातीको दिन यहाँका घर–घरमा राँगाको मासु भित्र्याउन टोल–टोलबाट, गुठीहरूबाट राँगा किनेर लगिन्छ। ती राँगाहरूलाई फूलपातीका दिन (यो वर्ष आइतबार) वध गरिन्छ। स्थानीय टोलवासी र गुठीयारहरूले सामूहिक रूपमा राँगा किनेर लाने गरिन्छ। अनि त्यही राँगालाई फूलपातीका दिन समूहले नै वध गरी भाग लगाइन्छ र भागअनुसारको पैसा तिरेर घर–घरमा मासु भित्र्याइन्छ। अरूबेला मासु पसलहरूबाट किनेर ल्याउने गरे पनि दसैं, तिहार, बिस्केट जात्रालगायतका पर्वहरूमा यहाँ यसरी नै सामूहिक रूपमा सबै मिलेर राँगा काटेर भाग लगाएर मासु खाने गरिन्छ। 

रामेछापको गाउँ ठाउँबाट राँगा किनेर ल्याई महेश्वरीमा बेच्न बसेका हेमबहादुर बुढाका अनुमानमा यो दसैमा मात्रै महेश्वरीबाट दुई सयदेखि तीन सयवटा राँगाहरू बिक्री हुने अनुमान गर्छन्। पहिला–पहिला त यहाँ १ हजारवटासम्म राँगा बिक्री हुन्थ्यो। विगत ४५ वर्षदेखि प्रत्येक वर्ष गाउँबाट राँगा संकलन गरी दसैंमा महेश्वरीमा राँगा बिक्री गर्न आउने गरेको बताउने बुढाले भने, ‘पछिल्ला वर्षहरूमा राँगाको बिक्री घटेको छ।’

पहिला–पहिला यहाँका मानिसहरूले राँगाकै मात्रै मासु खाने गरेका र पसलबाट नकिनी यहींबाट सिंगो जिउँदो रागो लगेर बिक्री गर्ने भएकाले बढी बिक्री हुने गरेको उनको अनुभव छ। उनले भने, ‘तर, पछिल्ला वर्षहरूमा धेरैले सामूहिक रूपमा राँगा काटन छोडेर पसलबाट किनेर ल्याउने र राँगोभन्दा कुखुरा, खसीबोकाको मासु खान थालेकोले राँगाको बिक्री वितरण घटेको छ।’ राँगालाई अनुमानका आधारमा बेचिन्छ। जोख्नका लागि कुनै बन्दोबस्त छैन। 

त्यसैले खरिद गर्न आउने र बिक्री गर्नेबीच मोलमोलाई भई अनुमानका आधारमा मासु बेचिन्छ। त्यहाँ मासु बेच्न बसेकाहरूका अनुसार त्यहाँ एउटा राँगाको मूल्य घटीमा ३०/३५ हजारदेखि बढीमा १ लाखसम्मका छन्। भक्तपुरमा योबाहेक पनि अरनिको राजमार्गको सल्लाघारीमा पनि थुप्रो खसीबोका, च्यांग्रा बिक्रीमा राखिएको हुन्छ। यहाँ भने भक्तपुर नगरबाहेकका जिल्लावासीको घुइँचो लागेको हुन्छ। तर, महेश्वरीमा भने भक्तपुर नगरबासीको घुइँचो लागेको हुन्छ। 

राँगा बिक्री गर्न बसेका अर्का उनबहादुर बोगटीका अनुसार राँगो बिक्री हुने दिन भने यो वर्ष शनिबार र आइतबार नै हो। किनकि यहाँका मानिसले फुलपातीको १/२ दिन अगाडि मात्रै राँगो किन्न आउँछन्। राँगा बेच्न आएका उनीहरूको रात चउरमा ओछ्याइएका बोरामा बसेर बित्ने गरेको छ। यसका लागि कसैले स–सानो पाल ल्याएर ल्याएर घामपानी छेक्न बनाएका छन् भने कसैले यतिकै पराल ओछ्याएर बसिरहेको छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.