विराट साहित्य सम्मेलन आफ्नै भवनमा

विराट साहित्य सम्मेलन आफ्नै भवनमा

भक्तपुर : यो वर्षको ३१औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरको नागपोखरीस्थित निर्माणाधीन विराट छें (घर) मा हुने भएको छ। 

प्रत्येक वर्ष भक्तपुर नगरका विभिन्न खुल्ला ठाउँहरूमा हुँदै आएकामा यो वर्ष भने आफ्नै भवनमा हुन लागेको हो।  

सम्मेलन असोज २१ गते शुक्रबार हुनेछ। विगत ३० वर्षदेखि प्रत्येक दसैंमा यो सम्मेलन हुँदै आएको छ। 

विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यका अनुसार यो वर्षको प्रमुख अतिथि बरिष्ठ साहित्यकार हितकरवीरसिंह कंसाकार हुनेछन्।  

सम्मेलनका क्रममा प्रत्येक वर्षजसो यो वर्ष पनि नयाँ पुराना साहित्यकारहरूले नेपाल भाषाका साहित्यिक रचना वाचन गर्ने छन्। 

यो वर्ष कथा र कविताको प्रतिस्पर्धात्मक रचना वाचन हुनेछन्। यो वर्ष कथा र कविता दुवैतर्फ प्रथम हुनेलाई जनहि पाँच हजार, द्वीतीय हुनेलाई जनही तीन हजार र तृतीय हुनेलाई जनही दुई हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। 

प्रतियोगितामा सहभागिताका लागि आज अन्तिम दिन हो। अहिलेसम्म दुवैतर्फ गरेर २२ जनाले प्रतिस्पर्धामा भाग लिन नाम दर्ता गराएका छन्। 

सम्मेलनमा प्रत्येक वर्षजसो पछिल्लो एसईई परीक्षामा नेपाल भाषा विषयमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जनालाई नेपाल भाषा पदक प्रदान गरिने जनाइएको छ। समय अभावका कारण यो वर्ष अप्रतियोगी साहित्यहरू वाचन नगराउने जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.