हेटौंडामा विधिपूर्वक फूलपाती भित्र्याइयो
हेटौंडा : नवरात्रको सातौं दिन हेटौंडामा विधिपूर्वक फूलपाती भित्र्याइएको छ।
हेटौंडा उपमहानगरपालिका-१० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा-२ स्थित बनस्खण्डी र हेटौंडा-१० स्थित भुटनदेवी मन्दिरमा आज बिहान विधिपूर्वक फूलपाती भित्र्याएको हो।
पञ्चांग निर्णायक समितिले तोकेको शुभ साइतमा नै डोलीमा राखेर फूलपाती भित्र्याइएको छ।
सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) किरण बज्राचार्य, सुरक्षा क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू गोरेक्षश्वर मन्दिर पुगेका थिए।
नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँकी र धार्मिक भक्तजनहरू सम्मिलित टोलीले छुट्टाछुट्टै स्थानमा फूलपाती भित्र्याएको हो।
आज मकवानपुरको शक्तिपिठका रूपमा लिइने भुटनदेवी, चुरियामाई, मकवानपुरगढी, मनकामना, चिसापानीगढी र ऋिखेश्वर मन्दिरमा बलि चढाउने प्रचलन छ।