मुस्ताङमा सुरक्षा निकायले भित्र्याए फूलपाती

मुस्ताङमा सुरक्षा निकायले भित्र्याए फूलपाती

जोमसोम : बडा दसैंअन्तर्गत आज आइतबार सातौं दिन। यस अवसरमा नेपालीहरूको घर-घरमा स्थापना गरिएको देवीसमक्ष अर्पण गर्न फूलपाती भित्र्याइने प्रचलन छ। 

मुस्ताङमा पनि नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीले मुस्ताङ सदरमुकामस्थित आ-आफ्नो व्यारेकमा रहेका जमरा घरमा फूलपाती भित्र्याएका छन्।

मुस्ताङको जोमसोमस्थित नारायण दल गण, सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा निकायले आ-आफ्नो व्यारेक र 

कार्यालयमा फूलपाती भित्र्याउने कार्य सम्पन्न गरेका छन्। फूलपातीका दिन नेपाली सेनाले सैनिक धुन र शंख बजाउँदै फूलपाती लिन जोमसोममा रहेको गणेश मन्दिरमा पुगेको थियो।

नेपाली सेनाको नारायण दल गणको नेतृत्वमा फूलपाती भित्र्याइएको हो। सुरक्षाकर्मीले फूलपाती रहेको गणेश मन्दिरमा संयुक्त सलामी अर्पण गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञमान साउदले जानकारी दिए। त्यहाँ राखिएको फूलपातीलाई विधिपूर्वक पुजारीले पूजाआजा गरेका थिए।

घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीलाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने गरिन्छ।

बेलपत्र, दारिम, हलेदो, केराको बोट, उखु, धान, जयन्ती र अशोकको फूललाई फूलपातीका दिन घरघरमा स्थापना गरिएको देवीसमक्ष अर्पण गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.