'श्रमलाई सम्मान गरिएको छ'

'श्रमलाई सम्मान गरिएको छ'

भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रमलाई सम्मान गर्ने गरिएको बताएका छन्। 

नगरपालिकाले आइतबार आयोजनामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख प्रजापतिले अरू नगरपालिकाहरूमा बेइमान र ठगहरूको इज्जत गर्ने तर भक्तपुर नगरपालिकाले इमान्दार, कर्तव्यनिष्ठ, काम गरी खानेलाई इज्जत दिने बताए। 

उनले भक्तपुर नगरपालिकामा समाजवादी मोडलअनुसार शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको काम भइरहेको बताए। उनले सफाई मजदुरहरूलाई स्वास्थ्य सुरक्षाका लागि दिएको माक्स, पञ्जा र बुट लगाउन अनुरोध गर्दै व्यक्ति सरसफाईमा ध्यान दिन आग्रह गरे।

उनले साबुन पानी र धाराको व्यवस्थापनअनुसार फुर्तिला र सुकिला देखिने गरी ड्रेस लगाउनुपर्ने बताए। सफाईमा काम गर्ने मजदुरहरू किटाणुहरूसँग सम्पर्कमा रहने भएकाले घरपरिवार र समाजलाई नै रोग सार्न जोखिम हुने उनले बताए। 

उनले रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सरसफाईमा ध्यान दिनुपर्ने बताए। उनले दसैंमा रचनात्मक कार्य गरेर बिताउन निर्देशन दिँदै जनताको आँखा दुरबिन सरह हुने भएकाले कर्मचारीहरूले कमजोरी गरे तुरुन्तै गुनासो आउने र कार्यवाहीको भागिदार हुने अवस्था आउन नदिन आग्रह गरे।

उनले ख्वप अस्पतालमा बढी लाइन बस्नुपर्ने गुनासो आएकाले छिट्टै नयाँ भवनमा सेवा सुरु गर्न जोडतोडका साथ काम भइरहेको बताए। 

उनले जनप्रतिनिधिहरू जनताको सेवामा दमकल र एम्बुलेन्स सरह काम गर्ने वाचाका साथ आएका हुनाले जनताको सेवामा छिटोछरिटो सेवा दिन निर्देशन दिँदै विजया दशमीको शुभकामना दिए। 

कार्यक्रममा भनपा-९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरलाई स्वच्छ सफा हराभरा र पर्यटकीय गन्तव्यस्थल बनाउन सरसफाईलाई निरन्तता दिँदै आएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.