समानुपातिक सूचीबाट महराले लिए नाम फिर्ता
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। समानुपातिकमा नाम हालेको भन्दै सर्वत्र विरोध भएपछि उनले सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
माओवादीले बुझाएको सूचीमा खस आर्य कलस्टरमा उनी एक नम्बरमा रहेका थिए। महराको ठाउँमा हितराज पाण्डेको नाम राखिएको माओवादी स्रोतले बतायो।
दाङ-२ बाट प्रतिनिधिसभाका लागि प्रत्यासी रहेका उनले उम्मेदवारी दिने नदिनेबारे अहिल्यै नखुलेको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !