आज राँगो दौडाउने जात्रा हुँदै

आज राँगो दौडाउने जात्रा हुँदै

भक्तपुर : भक्तपुरको दसैंको सबैभन्दा आकर्षक खम्ये जात्रा (राँगो दौडाउने जात्रा) लाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गर्ने भएको छ। 

भक्तपुर नगरपालिका-९ को कार्यालयमा सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको हो।

भेलामा भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले धार्मिक र सांस्कृतिक रूपमा मनाइरहेको विभिन्न जात्राहरूमा भक्तपुर नगरपालिका र वडा कार्यालयले समन्वय गरेको बताउँदै खम्ये जात्रालाई सभ्य, भव्य तथा सहज रूपमा अवलोकन गर्ने वातावरण बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय भएको बताए। 

यो कार्यमा नवदुर्गा जात्रा व्यवस्थापन समिति, खम्ये जात्रा व्यवस्थापन, प्रहरी प्रशासनलगायत सरोकारवालाको सहयोग हुने आसा उनले व्यक्त गरे।
 
दसैंको महानवमी जात्रा हुने गर्दछ। जात्राको क्रममा भक्तपुर नगरपालिका-९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको वडेमानको ठूलो खम्येलाई दौडाउने गरिन्छ। दौडाउनुअघि रक्सी खुवाएर मात लगाइन्छ। 

जात्रामा सयौं युवाहरू प्रत्यक्ष सहभागी भई खम्ये दौडाउने गरिन्छ। यो क्रममा उनीहरूले खम्येको दायाँ बायाँ रहेर समात्दै खम्येसँगै सयौं युवा दौडिने गरिन्छ। यसो हुने भएकाले यसलाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गर्न लागिएको जनाइएको छ। 

जात्राको क्रममा खम्येलाई नगरको विभिन्न ठाउँमा दौडाएर लाने गरिन्छ। यो क्रममा केही उत्सृखल व्यक्तिहरूले खम्येलाई सियोलगायतले घोचेर उफ्राउने दुश्प्रयास गरिने बताइन्छ। सयौंको भीडका बीच जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ।
 
भेलामा नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालालगायतले खम्येलाई सहज रूपमा ब्रम्हायणी पीठमा लैजान र बलिको दृश्य सहज रूपमा अवलोकन गर्न गराउन स्वयंसेवकहरूको सहयोगको आवश्यकता औल्याएका थिए। 

दौडाइएको खम्येलाई भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुयाइन्छ। त्यही रात खम्येलाई बली दिइन्छ। त्यसको भोलिपल्ट विजया दशमीमा ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्दछ। 

भेलामा खम्ये जात्रा व्यवस्थापन समितिका प्रतिनिधिले जात्रामा मद्यपान गर्नेको उपस्थितिले हुने असहज परिस्थितिलाई प्रहरी प्रशासनभन्दा स्थानीय स्वयंसेवकले जिम्मेवारी लिनुपर्ने बताए। 

भेलामा उक्त वडाका पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धर, नवदुर्गा गणका सदस्य नारायणमान बनमाला, दयाराम बनमाला लगायतले सरोकारवालाले जात्रा तथा खम्ये बलिको सहज अवलोकन गर्न गराउन स्वयंसेवक र प्रहरी प्रशासनको परिचालन गर्ने निर्णय उपयुक्त भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.