विपन्न परिवारलाई गाउँपालिका अध्यक्षको सहयोग

विपन्न परिवारलाई गाउँपालिका अध्यक्षको सहयोग

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न सहयोग उपलब्ध गराएका छन्।

उनले अध्यक्ष पदमा निर्वाचित भएपश्चात हालसम्म तलब भत्ताबापत् प्राप्त गरेको रकम र त्यसमा आफुले केही रकम थप गरी कूल तीन लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन्। 

उनले वडा नम्बर २, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग उपलब्ध गराएका हुन्। 

'चाडपर्व सबैको हो। गाउँका अति विपन्न परिवारलाई दसैं मनाउनै समस्या छ भन्ने सूचना पाएँ। त्यसकारण प्रत्येक परिवारलाई ३० किलो चामल, १ लिटर तेल र दालसहितको प्याकेट वितरण गरियो, केही परिवारलाई भने अवस्था हेरेर नगद पनि दिएको छु,' उनले भने। 

मुख्य लक्ष्य गाउँबासीलाई रोजगार र आत्मनिर्भर बनाउनु रहेको उनले बताए। तर, सहजै बेरोजगारी समस्या समाधान गर्न सकिने अवस्था छैन। त्यसका लागि केही वर्ष लाग्छ। त्यतिन्जेलका लागि उनीहरुको गाँस, बास र कपासको जोहो गर्ने जिम्मेवारीबाट म पन्छिने छैन', उनले भने।

उनले आफ्नो पाँच वर्षे कार्यकालमा तलव भत्ताबापत् पाएको रकम विपन्न परिवारकै सहयोगका लागि खर्चिने प्रतिवद्धतासमेत व्यक्त गरे। मनहरीमा जनजाति, क्षेत्री ब्राम्हण, सीमान्तकृत चेपाङ, बोटेलगायत समुदायको बसोबास छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.