ससुराली आएका दोङको लडेर मृत्यु

ससुराली आएका दोङको लडेर मृत्यु

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका-६ कुइटोलस्थित ससुराली घरमा आएका युवकको लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा–२ बस्ने वर्ष २८ को महेन्द्र दोङ रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण ढकालले जानकारी दिए।

असोज १६ गते श्रीमतीसहित ससुराली आएका दोङको १७ गते बेलुका ५ बजे ससुराली घर नजिकै उत्तरतर्फको बाटोमा हिँड्दै गर्दा अचानक लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दोङको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दोङले केही वर्ष अघिदेखि प्रेसरको औषधि सेवन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.