जीपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

जीपको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

भरतपुर : चितवनमा जीपको ठक्करबाट पतिको मृत्यु भएको छ भने पत्नी घाइते भएकी छन्। 

भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका-५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.