वर्षाले बेनी-जोमसोम सडक अवरुद्ध : पर्यटकको बिचल्ली, उद्दारमा कठिनाइ

वर्षाले बेनी-जोमसोम सडक अवरुद्ध : पर्यटकको बिचल्ली, उद्दारमा कठिनाइ

जोमसोम : मंगलबार रातिदेखि अविरल रुपमा परेको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शन गरी फर्किएका भारतीय पर्यटक तथा अन्य सर्वसाधारण यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।वर्षाले स डक मर्मत गरी सडक आवागमन सञ्चालन गर्न समस्या परेको छ ।

वर्षाले म्याग्दीको घुमाउने ताल,बैसरी, बेग खोला, तातोपानी, जलथले, गुईठे, लाटो खोला, रुप्से झरना, र काभ्रेभीरलगायतका दर्जनौं स्थानमा ठाउँ/ठाउँमा पहिरो जाने, सडक डाईभर्सन बगाउने,सडक भाँसिने र राष्ट्रिय राजमार्गको शाखा नदीहरुको बहाव उच्च हुँदा बेनी–जोमसोम ७६ किमी सडक अवरुद्ध भएको बेनी–जोमसोम सडकका सुपरभाईजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

वर्षाले सडक अवरुद्ध  मुक्तिनाथ दर्शन गरी फर्किएका सयौं भारतीय पर्यटक अहिले म्याग्दीको तातोपानी र रुप्से र मुस्ताङका लेते र घाँसालगायतका स्थानमा अलपत्र परेको घाँसा प्रहरी चौकीका निमित्त प्रहरी ईञ्चार्ज ढकबहादुर क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार वर्षाले सडक अवरुद्ध हुँदा मुस्ताङबाट बिरामीको उद्दार गर्न र आन्तरिक पर्यटकका साथै सर्वसाधारण नागरिकलाई आउजाउमा समस्या परेको छ । बेनी–जोमसोम सडक अवरुद्धसँगैबीच बाटोमा अलपत्र परेका भारतीय पर्यटकको उद्दारका लागि हेलिकोप्टर चार्टर गर्ने पहल भइरहेको भएपनि प्रतिकुल मौसमका कारण हेलि उडान हुन नसकेको घाँसा प्रहरी चौकीका निमित्त ईञ्चार्ज क्षेत्रीले जानकारी दिए ।

यता, राष्ट्रिय गौरवको निर्माणधिन बेनी–जोमसोम सडकमा कार्यरत मजदुर तथा अपरेटक चालक दसैं मनाउन घर प्रस्थान गरेकाले सडक खुलाउन समस्या परेको हो ।सडकका मजदुर र अपरेटर नभएपनि सडक खुलाउने प्रयास गरिएको सडक सुपरभाइजर शेरचनले जानकारी दिए । ‘सयौं यात्रु बेनी–जोमसोम सडकमा अलपत्र परेका छन्,उनीहरुको उद्दार गर्न र सवारी आवागमन संञ्चालन गर्न प्रयत्न भईरहेको छ,सुपरभाईजर शेरचनले भने,‘ निरन्तरको अविरल वर्षा रोकिएको छैन, प्रतिकुल मौसमका कारण सडक मर्मत गर्न अप्ठ्यारो परेको छ ।’

मुस्ताङका परम्परागत मौलिक घर वर्षाले जोखिममा

मुस्ताङको मौलिक कलासस्कृतिको रुपमा स्थापित परम्परागत ढुङ्गा र माटोले बनेका घरहरु अविरल वर्षाका कारण जोखिममा पर्न थालेका छन् । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म अहिले निरन्तर वर्षा भइरहेको छ । 

गत मंगलबारदेखि परेको वर्षाले यहाँका ढुङ्गा र माटोले बनेका मौलिक घरहरु भत्किने, चुहिन र चर्किर्न थालेका छन् । मुस्ताङको ढुम्बा र स्याङमा केही घरहरु वर्षाले क्षति तूल्याएको मुस्ताङ प्रहरीले बताएको छ । अविरल वर्षाले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाईएको छ ।

कुनै बेला मुस्ताङ पानी नपर्ने जिल्लाका रुपमा चिनिने गथ्र्यो । पछिल्लो समय मुस्ताङमा अविरल वर्षा हुने क्रम वृद्धि भईरहेको छ । जलवायु परिवर्तनको प्रभावका कारण मुस्ताङको वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव बढ्न थालेको हो । यहाँको मौसमी तापमान वृद्धि हुँदै जानु, निरन्तर वर्षा हुनु, कृषिक्षेत्रमा विभिन्न रोग प्रकोप बढ्दै जानु ,परम्परागत स्याउ खेतीले बसाई सार्दै जानु र जैविक विविधता  पशुपालनक्षेत्रमा आशिंक असर देखिनु आदीले जलवायु परिवर्तनको असर प्रत्यक्ष र परोक्ष रुपमा देखिन थालेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले उल्लेख गरे ।

पछिल्लो समय मुस्ताङको मौलिक परम्परागत घरहरु मासिन थालेको अध्यक्ष गुरुङले उल्लेख गरे । हिमाली क्षेत्रमा वर्षा हुने क्रम बढेको र सडक यातायातले जोडिएकाले मुस्ताङमा परम्परागत घर मासेर आधुनिक घरहरु निर्माण गर्ने क्रम बढेको अध्यक्ष गुरुङले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.