बारा बस दुर्घटना अपडेटः मृतक १६ मध्ये १२ जनाको सनाखत

बारा बस दुर्घटना अपडेटः मृतक १६ मध्ये १२ जनाको सनाखत

हेटौंडा: पूर्वपश्चिम राजमार्गअन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित तीन नम्बर पुलमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १६ मध्ये १२ जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर– २ बस्ने वर्ष ४० का लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ बस्ने वर्ष ६३ की नन्दकुमारी पुडासैनी, चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने शंकर कंडेलका १४ वर्षीय छोरा सफल कँडेल रहेका छन् । 
 

त्यस्तै, पर्साको वीरगंज महानगरपालिका- १६ बस्ने वर्ष ६५ को सोमबहादुर चौरसिया, सोही स्थान बस्ने वर्ष ३५ की मन्निदेवी चौरसिया, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ बस्ने ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौंडा ७ कै २० वर्षकी स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका-१० बस्ने वर्ष ३५ की नाजलिन खातुन, कलैया १० बस्ने इजाजत अन्सारी, बाराकै जितपुरसिमरा उपमहानगरपालिका- २२ बस्ने वर्ष २८ को सुरेश विक रहेका छन् । 

सोही दुर्घटनामा परी खोलढुंगा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर ५ बस्ने ५० वर्षका सन्तोष कुमार रायको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता बलराम श्रेष्ठले अन्नपूर्ण पोष्ट्लाई जानकारी दिए । उनका अनुसार बाँकी ४ जनाको भने सनाखत हुन बाँकी छ । 

बसका चालक स्याङजा आदिखोला गाउँपालिका- ६ बस्ने वर्ष ४० का कोदिप्ति नारायण ढकालको भने हेटौंडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले बताए । 

घटनास्थलमै ८ जनाको र उपचारको लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको ९ जनामध्ये २ जनाको मृत्यु भएको हो । उपचारको क्रममा ४ जनाको हेटौंडा अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । हेटौंडाकै मकवानपुर सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको र चितवनमा उपचारको क्रममा १ जनाको  घाइतेको पनि मृत्यु भएको हो । 

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्वर पुलस्थित सडकखण्डबाट २० मिटर तल रहेको खोलामा खसेको थियो । बस आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

हाल भरतपुरस्थित अस्पतालमा १९ जनाको र वीरगंजमा ९ जनाको उपचार भइरहेको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र हेटौंडा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । बसमा ५० जना सवार थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.