बारा बस दुर्घटना : थप एक जनाको मृत्यु, १७ जनाकै परिवारले बुझे शव

बारा बस दुर्घटना : थप एक जनाको मृत्यु, १७ जनाकै परिवारले बुझे शव

हेटौंडा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बारा जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवारले बुझेका छन्।

हेटौंडा अस्पतालमा ल्याइएको मृतकको शव पोष्टमार्टमपश्चात् अन्तिम संस्कारका लागि उनीहरुका परिवारले बुझेका हुन्। बिहीबार पोष्टमार्टम गर्न ढिलाई हुँदा मृतकका परिवार तथा आफन्तहरु कुरेर बसेका थिए।

उपचारको क्रममा चितवनस्थित अस्पतालमा ज्यान गुमाएका २ जनाको शव भने उनीहरुका परिवारले सम्बन्धित अस्पतालबाटै बुझेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो। बिहीबार साँझसम्म हेटौंडा र चितवनको विभिन्न अस्पतालहरुमा गरी १६ जनाको मात्रै मृत्यु भएको थियो भने राति साँढे ९ बजे भरतपुर अस्पतालमा बाराको कलैया निवासी १२ वर्षीया कृतिका चौधरीको मृत्यु भएपछी मृतकको सख्या १७ पुगेको हो।

मृतक १७ जनाकै सनाखत भएको छ। ज्यान गुमाउनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका निवासी १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्नीदेवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका– ६ का दया राउत शंकर रहेका छन् ।

त्यस्तै हेटौँडा–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा जिल्लाको अमलेखगञ्ज निवासी सुरेश विक, बारा–कलैयाका इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोरखाकी ३५ वर्षीया अम्बिका कँडेल र पर्सा–१६ का वर्ष ६५ को सोमप्रसाद चौरसिया रहेका छन् ।

घाइतेमध्ये २१ जनाको चितवन, ८ जनाको वीरगंज र ५ जनाको हेटौँडाका विभिन्न अस्पतालहरुमा उपचार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ४ जना भारतीय नागरिकलाई भने उनीहरुका आफन्तले भारतमा नै लगेर उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडबाट २० मिटर तल बगरमा खसेको थियो । बे्रक फेल भएका कारण बस दुर्घटना भएको चालक कोदिप्ति नारायण ढकालले प्रहरीलाई बयान दिएका छन् । बसमा ५० जना सवार थिए ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.