२० केजी चरेससहित तीनजना बाराको सीमाबाट पक्राउ

२० केजी चरेससहित तीनजना बाराको सीमाबाट पक्राउ

वीरगन्ज : बाराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको बाराको बेनौली गाउँबाट सशस्त्र प्रहरीले लागुऔषध चरेस २० किलोसहित तीनजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका -१९ नगवा घर भएका ३० वर्षीय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ वर्षीय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ वर्षीय मुस्तान देवान रहेका छन् ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

चरेससहित पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरी सीमा सुरक्षा बल बाराले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.