ससुराली गएका राईको भीरबाट लडेर मृत्यु
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ निवासी ४० वर्षीय मनोज राईको शनिबार बिहान लडेर मृत्यु भएको छ ।
राईको मनहरी गाउँपालिका ९ स्थित ससुराली घर नजिकैको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
ससुराली घरबाट मदिरा सेवन गरी आफ्नै सुरमा निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा बिहान साढे ८ बजे ससुराली घरदेखि २ किलोमिटर दक्षिणतर्फ उनको शव फेला पारेका थिए ।
राईको धुरु भीरबाट लडी मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शव पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।