मकवानपुरमा एमालेले टुंग्यायो उम्मेदवार, कमल थापा पनि लविङ गर्दै

मकवानपुरमा एमालेले टुंग्यायो उम्मेदवार, कमल थापा पनि लविङ गर्दै

हेटौंडा: मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रमा नेकपा एमालेले उम्मेदवार तय गरेको छ । 
मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसँग तालमेल गरी कमल थापालाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सघाउने चर्चाकाबीच एमालेले आफ्नै उम्मेदवार तय गरेको हो । 

सो क्षेत्रमा एमालेले रामेश्वर रानालाई टिकट दिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।

‘हामीले राप्रपा नेपाललाई सघाउने भन्ने कुरा हल्ला मात्रै हो । हामी एक्लै प्रतिस्पर्धामा जान्छौँ । अब कुनै दलले सहयोग गर्छौँ भनेर आउनुभयो भने, सहयोग लिने कुरा त छँदैछ । तर, मकवानपुरमा उम्मेदवार एमालेबाटै हुनेछन्,' श्रेष्ठले भने ।

त्यस्तै प्रदेश सभातर्फ १ (क) मा कमल विष्ट र १ (ख) मा एकलाल श्रेष्ठले टिकट पाएका छन् । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा महेशकुमार बर्तौलाले टिकट पाउदा प्रदेश सभातर्फ (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापाले टिकट पाएका हुन् । 

एमाले मकवानपुरका केही नेताहरुले अध्यक्ष केपी ओलीसँग केही दिनअघि भेट गरी मकवानपुरमा राप्रपा नेपालको भोट नभएको र  कमल थापालाई जिताउन सक्ने अवस्था नरहेको बताएका थिए । 

थापाले झण्डै एक महिनाअघिदेखि क्षेत्र नम्बर १ मा चुनाव लक्षित भेटघाट तथा विभिन्न कार्यक्रमलाई तीव्रता दिँदै आएका छन् । केही दिनअघि एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा पनि थापा अतिथिको रुपमा सहभागी थिए । 
क्षेत्र नम्बर १ बाटै टिकट लिन थापाले एमाले नेतृत्वसँग लविङ गरिरहेको राप्रपा नेपालका एक नेताले बताए । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.