पाल्पामा एमाले र नेकपा एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार
तानसेन : आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाउँदै सार्वजनिक गरेको छ । पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ ।
यसैगरी प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेले क्षेत्र नं. १ क मा राजु प्रसाद श्रेष्ठ, १ ख मा खेम बहादुर सारु, क्षेत्र नं. २ क मा पर्सुराम भट्टराई, २ ख मा ओमबहादुर घर्ती मगरलाई उम्मेदवार बनाएको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए ।
यसैगरी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसलाई पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य, क्षेत्र नं. १ क र ख प्रदेश सभा सदस्य, क्षेत्र नं. २ को क प्रदेश सभा सदस्य भागबण्डामा परेको भएपनि शनिबार बेलुकासम्म उम्मेरवारहरुको टुंगो लाग्ने नेपाली कांग्रेसका सचिव सन्तोष कुमार थापा मगरले बताए ।
पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेको उम्मेदवारी पाएका छन । क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेपनि उम्मेदवार भने शनिबार बेलुकासम्म तय गर्ने माओवादी केन्द्र पाल्पाका सह इन्चार्ज अनिल किशोर घिमिरेले बताए ।
पाल्पामा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामाका ६ जना उम्मेदवार नयाँ अनुहारका रहेका छन् । पाल्प क्षेत्र नं. २ मा यस पटकको चुनावी प्रतिष्पर्धा रोचक देखिएको छ । ठाकुर गैरे र सोम प्रसाद पाण्डेबीच प्रतिष्प्रर्धा हुने भएको हो । गैरे एमालेबाट र पाण्डे गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन ।