मेसी र रोनाल्डोभन्दा एमबाप्पे अगाडि

मेसी र रोनाल्डोभन्दा एमबाप्पे अगाडि

लन्डन : विश्व चर्चित फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई काइलिन एमबाप्पेले उछिनेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पे सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडी बन्दा मेसी र रोनाल्डोलाई पछि पारेका हुन्।

फोब्स म्यागजिनले हालै सार्वजनिक गरेको सूचीमा एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन्। एमबाप्पेले विगत नौ वर्षदेखि लगातार दबदबा बनाउँदै आएका मेसी र रोनाल्डोलाई पछि पारेका हुन्। पछिल्लो नौ वर्षदेखि सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा रोनाल्डो र मेसीले दबदबा कायम राख्दै आएका थिए। सन् २०१३ मा भने मेसी र रोनाल्डोलाई इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकहामले पछि पारेका थिए। उनी २०१३ मा सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका थिए।

फोब्सका अनुसार २३ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पेले यस सिजन एक सय २८ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्। उनले गत मेमा पीएसजीसँग तीन वर्षको सम्झौता गरेका थिए। स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहँदा उनी पीएसजीमै बसेका थिए। विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्य एमबाप्पेले क्लबका लागि ११ ट्रफी जितेका छन्। जसमा चार लिग वान उपाधि छन्। 

फोब्स म्यागजिनले हालै सार्वजनिक गरेको सूचीमा एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन्। 

सर्वाधिक आम्दानी गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका पीएसजीकै मेसीले एक सय २० मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्। तेस्रो स्थानमा रहेका इङलस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक सय मिलियन अमेरिकी डलर कमाई गरेका छन्। चौथो स्थानमा रहेका पीएसजीका फरवार्ड नेमारले ८७ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन्। यस्तै इङलस क्लब लिभरपुलका मोहमद सलाह ५३ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा छन्।

फोब्सको सूचीको छैटौं स्थानमा रहेका म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको आम्दानी ३९ मिलियन अमेरिकी डलर छ। यही वर्ष म्यानचेस्टर सिटीमा आवद्ध भएका हालान्डले पछिल्लो १२ खेलमा १९ गोल गरिसकेका छन्। म्यानचेस्टर सिटीका लागि प्रभावशाली प्रदर्शन गर्दै आएका हालान्ड जर्मन क्लब बोरुसिया डर्टमन्डबाट इङ्ल्यान्ड पुगेका हुन्। यस्तै सातौं स्थानका रोबट लेवान्डोस्कीको ३५ मिलियन, आठौं स्थानका इडेन हाजार्डको ३१ मिलियन, नवौं स्थानका आन्द्रे इनिस्टाको ३० मिलियन र दसौं स्थानका केभिन डी ब्रुनको आम्दानी २९ मिलियन अमेरिकी डलर रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.