जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

वीरगन्ज : पर्साको क्षेत्र नम्बर १ को ( क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

२०७४ को निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट उनी निर्वाचित भएका थिए। जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन्।

 अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार हुनु परेको बताए। उनले विगतमा गरेको कामको मूल्यांकन गरेर जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.