बझाङमा सडक र विद्युत अवरुद्ध

बझाङमा सडक र विद्युत अवरुद्ध

बझाङ : लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत वित्थडचिर गाउँपालिकाको देउलेख, भारभिड, जयपृथ्वी नगरपालिकाको बाहुली खोला पक्की पुल नजिकै, दुर्गाथली गाउँपालिकाको झनाना बजार नजिकमा सडक पूर्ण अवरुद्ध भएको हो ।

यस्तै छबिसपाथिभेरा गाउँपालिका- १ जालेबगरमा पनि माथिबाट ढुंगा खस्ने र तलबाट सेती नदीले सडक कटान सुरु गरेकाले जोखिमयुक्त रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलराज चौधरीले बताए ।  सडक अवरुद्ध हुँदा काठमाडौं, कञ्चनपुर, कैलाली, बैतडी र डडेल्धुराका लागि छुटेका सवारी साधन ठाउँ ठाउँमा रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो र लगातार पानी परिरहेकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच बुधबारदेखिको लगातारको वर्षाका कारण श्रीभावर नजिकै राष्ट्रिय प्रसारण लाइनको विद्युत अवरुद्ध भएको छ । विद्युत बन्द हुँदा बझाङबासीलाई शास्ती भएको छ । यहाँका सानाठूला कलकारखाना, सञ्चारमाध्यम सबै बन्द भएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङकाच कार्यालय प्रमुख हरेन्द्रराय यादवले बझाङमा सडक अवरुद्ध भएकाले मर्मत गर्न जान नसकिएको डडेल्धुराबाट एक टोलीलाई खटाइएको जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.