मुस्ताङ सडक खुल्यो, म्याग्दीको काभ्रेभीर खुल्न बाँकी

मुस्ताङ सडक खुल्यो, म्याग्दीको काभ्रेभीर खुल्न बाँकी

जोमसोम : दसैंअघिको अविरल वर्षाले अवरुद्ध मुस्ताङ सडक आइतबारबाट खुलेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमि अवरुद्ध सडकमध्ये म्याग्दीको काभ्रेभीर सडक मात्र मर्मत गर्न बाँकी रहेको जनाइएको छ।

दसैं अघिदेखिको अविरल वर्षाले मुस्ताङको खन्ती, मार्फा, पान्डा खोला, एक्लेभट्टी,मुक्तिनाथ जाने सडक र कागबेनी–छुसाङ अवरुद्ध भएको थियो। घरपझोङको मार्फामा फाराम खोलाले धार परिवर्तन गर्दा मुख्य सडकमै खोला डाइभर्सन भएको थियो। 

मार्फामा जिल्ला विपद् व्यवस्थापन, सुरक्षा निकाय, घरपझोङ गाउँपालिका र स्थानीयवासीको पहलमा दुई वटा डोजर परिचालन गरी ६० घण्टापछि मार्फा अवरुद्ध सडक सहज पारिएको हो। यस्तै, जोमसोम–मुक्तिनाथ सडक र कागबेनी–छुसाङ सडक पनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सक्रियतामा अवरुद्ध सडक सहज बनाइएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अविरल वर्षाले अवरुद्ध मुस्ताङ सडक सहज भएको जानकारी दिए। उनले आइतबार मौसम सुधारोन्मुख हुँदै गइरहेकाले सडक मर्मत गरी सवारी आवागमन सुचारु गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गरे। ‘अविरल वर्षाले मुस्ताङ र म्याग्दी खण्डको दर्जनौं स्थानमा सडक अवरुद्ध भयो, अहिले सबै ठाउँ क्लियर भइसक्यो, भोलिसम्ममा बेनी–जोमसोम–कोरला अवरुद्ध सडक पूरै सहज हुन्छ।’

यस्तै, राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार वर्षाले अवरुद्ध म्याग्दीको घुमाउने ताल, बैसरी, बेगखोला, तातोपानी, लाटो खोला, रुप्सेलगायतका स्थानको सडक मर्मत गरी सहज भइसकेको जानकारी दिए। उनले म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक मर्मत भई सवारी आउजाउ भएको भएपनि गएरातिको वर्षाले पहिरो जाँदा ५० मिटर सडक अवरुद्ध भएको उल्लेख गरे। मौसममा सुधार भइरहेको र सडक खन्ने उपकरण परिचालन गरिएकाले सोमबारसम्म सडक बनिसक्ने जनाए।

अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा सर्वसाधारणले सास्ती पाएका थिए। दसैं बिदामा मुस्ताङ घुम्न आउने पर्यटक सडककै कारण आउन सकेका थिएनन्। सडक खुलेपछि पर्यटक आवागमन वृद्धि हुने सुपरभाइजर शेरचनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.