कमल थापाले गरे माओवादी नेता राउतलाई एमालेमा स्वागत

कमल थापाले गरे माओवादी नेता राउतलाई एमालेमा स्वागत

हेटौंडा : हेटौंडा-५ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आज दिउँसो देखिएको एउटा दृश्यले राजनीतिक बृत्तमा निकै चर्चा पायो। 

एमालेको जनवर्गीय संगठन र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुबीच चुनावी रणनीति बनाउन एमालेले छलफल कार्यक्रम आयोजना गरेको थियो । 

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार महेश वर्तौला, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेता रामचन्द्र राई, श्रीधर पोखरेल, अनन्त पौडेल, नेतृ जुनेली श्रेष्ठलगायतका एमालेबाट मनोनयन दर्ता गराएका उम्मेदवारहरु थिए ।

सोही कार्यक्रममा मकवानपुर क्षेत्र नम्वर १ मा सुर्य चिन्हबाट उम्मेदवारी दर्ता गराएका राप्रपा नेपालका अध्यक्ष कमल थापा अतिथिको रुपमा सहभागी थिए । 
छलफल कार्यक्रमपश्चात कमल थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरे । सो दृष्यले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ । 

कार्यक्रममा करिब २० मिनेट सम्बोधन गरेका उनले एमाले अध्यक्ष केपी ओली र मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रशंसा गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रवादी शक्ति कमजोर भइरहेको अवस्थामा राष्ट्रको हितका लागि सुर्य चिन्हबाट उम्मेदवारी दिएका सबै उम्मेदवारले जित्नुपर्ने बताए । 

उनले एमाले नेता राना अन्यन्तै जिम्मेवार र इमान्दार नेता भएको दावी गरे । रानालाई अन्याय हुन नहुने भन्दै थापाले एमालेले उनलाई अझै राम्रो जिम्मेवारी दिने बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.