सभामुख र उपसभामुखको विदाइ

सभामुख र उपसभामुखको विदाइ

हेटौंडा : बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङ पदबाट विदा भएका छन्।

२०७४ माघ २७ गते नेकपा एमालेको तर्फबाट निर्विरोध सभामुख चुनिएका श्रेष्ठ र नेकपा माओवादी केन्द्रको तर्फबाट निर्विरोध चयन भएकी तामाङ मंगलबार जिम्मेवारीबाट विदा भएका हुन्।

प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई औपचारिकरुपमा विदाइ गरेको छ। सचिवालयका सचिव कृष्णहरि खड्काले उनीहरुलाई मायाको चिनो दिँदै औपचारिकरुपमा विदाइ गरेका हुन्।

सो अवसरमा सभामुख श्रेष्ठले संघीयता कार्यान्वयनपश्चात् पहिलोपटक मुलुकमा प्रदेश संरचनाको जग बसेको भन्दै खुसी व्यक्त गरे।

‘यो अवधिमा प्रदेश सरकार संचालनका लागि प्रदेश सभाबाट थुप्रै ऐन कानुनहरु बनेका छन्। हामी सुरुवाती चरणमा थियौं। अब कानुन बनेको छ। अब आउने नेतृत्वलाई कार्य सम्पादनका लागि कानुनी समस्या हुँदैन,’ उनले भने।

त्यस्तै उपसभामुख तामाङले प्रदेश संरचनाले स्थानीय र संघ सरकारबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै देश र जनताको हितका लागि काम गरिरहेको बताइन्। उनले आगामी दिनमा यसको भूमिका अझै प्रभावकारी हुँदै जाने उल्लेख गरिन्।

२०७४ को निर्वाचनमा श्रेष्ठ काठमाडौँ क्षेत्र नम्वर २ (क) बाट र तामाङ नुवाकोट क्षेत्र नम्वर १ (क) बाट निर्वाचित भएका थिए । उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि पुरानै क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.